आज :

‘जनयुद्धमा गण्डकी’ नामक पुस्तक लोकार्पण

  • अनलाइन डबली

गोरखा । ‘जनयुद्धमा गण्डकी’ नामक पुस्तक लोकापर्ण भएको छ । पुस्तकका लेखक पत्रकार सागर पन्त र माओवादी नेता अकुर तिमिल्सिना रहेका छन् । पुस्तकको जनयुद्ध दिवसको अवसर पारेर माओवादी नेता तथा नेपाल सरकारका भौतिक योजना तथा पुर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ लोकार्पण गरेका हुन् ।

गण्डकी गाउँपालिकामा भएको कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो । पुस्तकमा जनयुद्धमा गण्डकी गाउँपालिकाको भूमिका, गण्डकीबाट बलिदान गर्ने शहिदहरुको विवरण, प्रजातन्त्र स्थापना देखि हालसम्मका जनप्रतिनीधिहरुको विवरण, जिल्ला भरीका शहिदलहरुको विवरण समेटिएको छ । १८० पृष्ठको उक्त पुस्तकमा युद्धका क्रममा भएका वास्तविक घटनाका सँस्मरणहरु लेखिएका छन् ।

कार्यक्रममा गोरखा निर्वाचन क्षेत्र नम्बर १ का पूर्व साँसद हरीराज अधिकारी, पालिकाका जनप्रतिनीधि, कर्मचारी, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाको अध्यक्षतामा भएको थियो ।

राजेन्द्र न्यौपाने

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal