काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । पुनः स्थगित बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डको कार्यव्यस्ताताका कारण विहीबार र शुक्रबार बस्ने भनिएको बैठक स्थगित भएको थियो ।
आजको बैठकमा रवि लामिछानेको पार्टीले दिएको समय सीमा, नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरीको पक्राउबारे पनि छलफल हुने नेताहरुले बताएका छन् । एक नेताका अनुसार गृहमन्त्रालय रविलाई दिने वा नदिने भन्नेबारे पनि निर्णय हुनेछ ।
त्यसैगरी नेताहरुको कार्यविभाजन, तीन महिने अभियानबारे पनि ठोस निर्णय गर्ने बताइएको छ ।


अनलाइन डबली


