काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले यात्रुहरुको सहजताका लागि हाललाई इ-सेवा (E-Sewa Portal) बाट पूर्णरुपमा सर्वसुलभ हुनेगरी आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ टिकट काट्न सक्ने प्रबन्ध गरेको छ ।
त्यसैगरी निगमले क्रमशः अन्य लोकल वालेट (Wallet ) बाट पनि यो सेवालाई सुचारु गरेको बिज्ञप्तिमार्फत जानकारी दिएको छ । अन्तर्राष्ट्रियतर्फ भने निगमको वेभसाइटमार्फत अन्तर्राष्ट्रिय कार्डबाट टिकटहरु केही समय अघिदेखि बिक्री भइरहेको अवगत गराएको छ ।
निगमले दुर्गम/विकट क्षेत्रका जनतालाई आन्तरिक उडान सेवा प्रवाहको प्राथमिकतामा राखेको जनाएको छ । पर्यटकीय क्षेत्र लक्षित सेवा विस्तारको तयारीमा आगाडी बढेको निगमको भनाइ छ ।
बिज्ञप्तिमा भनिएको छ, ‘आम जनमानसमा निगमले उपलब्ध सिट समेत बिक्री नगर्ने लगायतको गुनासो यदाकदा सुन्नमा आउने गरेकोले यस विषयलाई स्पष्ट पार्नु निगमले आफ्नो कर्तव्य ठानेको छ । आन्तरिकतर्फ उडान हुने विमानको उपलब्ध सिट संख्या १९ भए तापनि विमानको यात्रु बोक्ने क्षमतामा उडान गन्तव्यको मौसम, इन्धनको उपलब्धता, विमानको प्राविधिक क्षमता लगायतका विविध कारणहरुले प्रभाव पार्ने हुँदा बिक्री गर्न सकिने सिट संख्यामा स्वतः परिवर्तन हुने जानकारी गराइन्छ ।’
निगमले विद्यमान अवस्थामा तल दिइएको सुची बमोजिम यात्रु सिट संख्या बिक्री गर्न सकिने निगमकी प्रवक्ता अर्चना खड्काले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।
काठमाडौंबाट हुने आन्तरिक उडानहरुः