मङ्सिर १०, काठमाडौं । निजी जग्गामा डोजर चलाउएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को कदमविरुद्ध ज्यापू महागुथी नेपा:येँ महानगर समितिले विभिन्न संघसस्था संग छलफल गरेको छ । काठमाडौंमहानगर पालिका ३१ वडा स्थित शंखमूलमा बाटो चौडा बनाउने भन्दै बिनासूचना साहेल महर्जनको निजी जग्गामा डोजर चलाइएको बिषयमा समुदाय आबद्द ज्यापू महागुथी नेपा:येँ महानगर समितिले आज विभिन्न संघसंस्था संग बिरोधका कार्येक्रम गर्ने बारे छलफल गरेको हो ।
काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्राधिकार र एनकानुन भन्दा बाहिर गएर आतंकपूर्ण ढंगबाट निजि सम्पत्तिमाथि हस्तक्षप् गरेको सडक बिस्तार अभियन्ता तथा समाज अवद्द जातीय समाजहरुको आरोप छ। महानगरपालिकाले आफ्नो क्षेत्राधिकार र एनकानुन भन्दा बाहिर गएर निजि सम्पत्तिमाथि डोजर चलाएर क्ष्यति गरेको बिषय कानुनि न्यायका लागि अदालतमा जानै पर्ने कानुन ब्यबसायीले सुझाए । नगरबासीको निजि सम्पत्तिमाथि जबर्जस्ति भत्काएको बिरोधमा आन्दोलनका चरणबद्ध रुपमा आन्दोलन गर्न बिकल्प नभएको विभिन्न समाज नेतृत्वले धारणा राखे ।
महानगरले आफ्नो क्षत्राधिकार भन्दा बाहिर गएर निजी जग्गामा डोजर चलाइएको बिषयमा उपत्यका सडक बिस्तार सघर्ष समितिले १५ गते दिउँसो २ बजे माइतीघरमा बृहत् आन्दोलन गर्ने समितिका संयोजक सुमन सायमीले बताए । नेवार जातीको छाता संगठन नेवा : देबूको समर्थनमा गएको शुक्रबार समुदाय तथा पिडितले यसै बिषयमा महानगरपालिकाको कार्याल राष्ट्रिय सभागृहमा ब्यानर सहित बिरोध प्रदशन तथा धर्ना दिएका थिए ।


अनलाइन डबली

