आज :

जहाजहरुको रिपोर्ट हरेक दिन मन्त्रालयमा पेस गर्न मन्त्री सुदन किरातीको निर्देशन

  • अनलाइन डबली

 

मङ्सिर ९,काठमाडौँ  ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले निगमको जहाजहरुको रिपोर्ट हरेक दिन मन्त्रालयमा पेस गर्न नेपाल वायु सेवा निगमलाई निर्देशन दिनु भएको छ  ।  राज्यमन्त्री सुशीला सिर्पाली र  सचिव सुरेश अधिकारी सहित आज नेपाल वायुसेवा निगममा पुगेर उक्त निर्देशन दिनु भयोको हो  ।
मन्त्री किरातीले निगमको समस्या समाधान हुने गरी बिजनेस प्लान तत्काल बनाएर आफू समक्ष पेस गर्न , अनलाइन टिकेटिङ्ग सुव्यवस्थित गर्न, लगेज सुरक्षित गर्न, समयमा विमान उडाउने क्रमलाई सक्रियतापूर्वक लागु गर्ने, थन्किएर रहेका विमानहरुको उचित प्रवन्ध मिलाउने , वित्तीय व्यवस्थापन सुधार गर्न पनि निगम पदाधिकारीलाई थप निर्देशन दिनु भयो ।

उहाँले दुर्गम क्षेत्रका जनताले निगमप्रति सकारात्मक धारणा राखेका छन् भने त्यसै अनुसार सेवा प्रवाह गर्नुपर्ने बताउनु भयो ।
उहाँले निगमको हितमा आफू निरन्तर सक्रिय रहने बताउँदै निगम व्यवस्थापन र कर्मचारीहरुबाट पनि त्यस्तै अपेक्षा गरेको उल्लेख गर्नुभयो । विगतमा निगम प्रतिको जनताको विश्वासलाई पुनजीर्वित गराउन र प्रतिष्ठा बृद्धि गर्न आफ्नो योग्यता, दक्षता र अनुभव प्रयोग गर्ने सुझाव दिनुभयो ।
राज्यमन्त्री सुशीला सिर्पालीले पर्यटन क्षेत्रका चुनौती र समस्याबारे गम्भीरतापूर्वक अध्ययन गर्न र देखिने चुनौती सामना गर्न वर्तमान सरकार लागिसकेको बताउनुभयो । उहाँले सरकारले निगमको विकासमा केही गर्ने दृढताका साथ अघि बढेको बताउँदै निगमले पनि असंभव केही छैन भन्ने विश्वासका साथ काम गर्न आव्हान गर्नुभयो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री सुरेश अधिकारीले निगमको सेवा र व्यवसायिक कार्यलाई सन्तुलन मिलाई कामको गति अघि बढाउन आग्रह गर्नुभयो । उहाँले सामाजिक सेवाको योजनाका साथै व्यावसायिक एवं प्रशासनीक सुधारमा निगम सक्रिय रहनु पर्ने सल्लाह दिँदै ग्राउण्ड ह्याण्डलिङ सेवालाई अझ स्तरीय बनाउन निर्देशन दिनुभयो ।

यसै गरी निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमका गतिविधिबारे विस्तृत विवरण प्रस्तुत गर्दै मन्त्रीज्यूको निर्देशन अनुसार कामहरु गरिने विश्वास दिलाउनु भयो । उहाँले निगमले १० वर्षे व्यावसायिक योजना (२०२१–३०) लाई परिमार्जन गरी व्यावसायिक योजना (२०२२–३१) तयार गरी संचालक समितिमा स्वीकृतिको लागि पेश गरिसकेको जानकारी गराउनु भयो ।
निगमको कार्यकारी समितिले आन्तरिक बिफ्रिङ्गको क्रममा निगमको कार्यकारी अध्यक्षले मन्त्रीज्यू, राज्यमन्त्रीज्यू र  सचिवलाई निगमसँग उपलब्ध जनशक्ति र साधनस्रोतको उचित व्यवस्थापनबाट निगमलाई सुदृढ गरिदै लगिने बताउनुभयो । २२ वटाभन्दा बढि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुसँग एस.पी.ए. गरी सकिएको र यसबाट अन्तर्राष्ट्रिय बिक्री प्रवद्र्धनमा गति बढाइएको पनि बताउनुभयो । यसका साथै निगमको हालको आर्थिक अवस्था, दायित्व तथा भावी योजनाहरुका बारेमा निगमका तर्फबाट जानकारी गराइयको थियो  ।
उक्त अवसरमा निगममा उच्चपदाधिकारीहरुले आ–आफ्नो जिम्मेवारीबारे विस्तृत विवरण पेश गर्नुभयो । नेपाल कर्मचारी युनियनका अध्यक्ष सुभाष डाँगी, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष राजु श्रेष्ठ, नेपाल राष्ट्रिय कर्मचारी संघका अध्यक्ष मानबहादुर कुँवर, नेपाल वायुसेवा निगम स्वतन्त्र कर्मचारी युनियनका कृष्ण बजगाँईले निगमका आवश्यकता, समस्या अवगत गराउँदै सहयोगबारे अपेक्षा व्यक्त गर्नुभयो । उहाँहरुले निगमको हितमा ट्रेड युनियनहरु निरन्तर सहयोगी रहेको बताउनुभयो ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal