
काठमाडौं । थँवही (ठमेल) स्थित श्री सिंहसार्थ बाहु गरुड भगवान् गुठीको ऐतिहासिक कमलपोखरी र त्यसको डिल पुरेर व्यापारिक कम्प्लेस छायासेन्टर निर्माण गरेको भन्दै सर्वोच्चमा मुद्दा विचाराधीन छ। छायाँदेवी व्यापारिक कम्प्लेक्समा खोलिएको Hotel Aloft मा शनिबार सर्वोच्च बार एसोसियसनले आफ्नो वार्षिक साधारणसभा तथा पदभार कार्यक्रम राखेपछि गुठियार, सम्पदा अभियानता र स्थानीय जनताले सडकमा उभिएर प्लेकार्डसहित विरोधमा उत्रिए ।
सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ , तर यस अवस्थामा छायाँदेवी कम्प्लेक्समै बार एसोसियसनले कार्यक्रम गर्नु न्यायालयलाई प्रभाव पार्नु नै हो भन्ने आम सर्वसधनारको छ ।
बारले छायाँ सेन्टर रहेकै भवनमा कार्येक्रम गर्ने सुचना पाएपछि स्थानीय जनताको तर्फबाट स्थान परिवर्तनको निम्ति माघ ४ गते बिहीबार सम्पदाप्रेमी ,गुठियार भागवत नरसिंह प्रधान, नरेश श्रेष्ठ, विकल प्रजापति, शिवराम ग्वाछा र राजवीर डङ्गोललगायतले हस्ताक्षर गरी एसोसियसनको कार्यालय रामशाहपथमा लिखित अनुरोध नै गरेका थिए । तर, बार एसोसियसनले स्थानीय जनताको अनुरोधलाई बेवास्ता गरी सोही स्थानमा पदभार कार्यक्रम सम्पन्न गर्यो । नेपाल बार एसोसियसनको उक्त कदमविरूद्ध सम्पदाप्रेमी स्थानीय जनताले कार्येक्रम हुदै गर्दा माघ ७ गते शनिबार छायाँदेवी कम्प्लेक्सको अगाडि धर्ना बसेर विरोध प्रदशन गरे ।
धर्नामा बसेका गुथीयार तथा सम्पदाप्रेमीहरूले सम्पदा मास्न पाइँदैन, छायाँदेवी कम्प्लेक्स भत्काउनैपर्छ, सार्वजनिक सम्पत्ति रक्षा गर नारासहित प्लेकार्ड बोकेर विरोध प्रदर्शनमा उत्रिएका थिए ।
थँवहीस्थित सो ऐतिहासिक पोखरी रहेको जग्गा निजी गर्नेविरूद्ध हालको भवन निर्माण हुनु अगाडि विसं २०६९ सालमै स्थानीय जनताले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा जिल्ला अदालतले सार्वजनिक पोखरी निजी गरेकै पक्षमा फैसला गरेको र पुनरावेदनले पनि विपक्षी नझिकाई सुरू फैसला नै सदर गरेको थियो । त्यसपछि वि.सं. २०७१ सालमा ‘लाहुनिर्प’ नामको संस्था र दीपकविक्रम मिश्रले सर्वोच्चमा रिट निवेदन दिएका थिए ।
सर्वोच्च अदालतले जिल्ला अदालत काठमाडौं र पुनरावेदनले गरेको फैसला गुठी संस्थान ऐन २०३३, मालपोत ऐन २०३४ विपरीत भएको जनाउँदै उक्त मुद्दा दोहो¥याउन निस्सा प्रदान गरेको हो । सो मुद्दा अहिले सर्वोच्चमा विचाराधीन छ ।
सर्वोच्चले उक्त मुद्दाको पेसी २०७४ भदौ ४ बात गरि २१ औ पटक मुद्दा हेर्न नमिल्ने , नभ्याउने, स्थगित हुदै हुदै सर्दै आएको छ । सुनवाइ भने हुन भने नसकेको मुद्दाको आगामी पेसी मंशिर १९ को तोकिएको छ । ढिलो गरि न्याय दिनु भनेको न्याय नदिनु सरह नै भएको कानुनि मान्यता बिपरित पटकपटक पेशी सारेर तारेखमै अल्झाइ राख्नाले थप पिडामा पिडा थपेको गुठि सम्रक्षक तथा सरोकारवाला मध्य भागवत नरशिंह प्रधान बताए छन् ।
“ यो इतिहास संग जोदोएको सम्पदा कमल पोखरी र यसले वगतेको जग्गाको मुख्य स्वामित्व गुठि सस्थान हो , तर यस निकायले यसको सम्रक्षण गर्नुको सट्टा अनदेखी गरेपछि हामि गुठिका सम्रक्षक् तथा सम्पदा जोगाउनु पर्छ भन्ने लागेका अभियानताहरु यो हर्कत बिरुद्द अगाडी न्यायका लागि उभिएको छु ” प्रधानले बताए ।
छायाँ सेन्टर विरुद्दको मुदा अदालतमा विचाराधीन अवस्थामा रहदा रहदै न्यायमुर्ति तथा कानुन व्यवसायीहरूको छाता सङ्गठन बार एसोसियसनले नै सोहि स्थानमा गएर कार्येक्रम गर्दा स्वार्थ बाजिने ( conflict of intrest ) को प्रश्न उठ्दैन र ? निस्पक्ष्य रुपमा गरिने न्यायमा असर पर्दैन र ? कानुनका जानकारहरु बताउछन ।