आज :

निजी जग्गामा डोजर चलाएको बिरोधमा काठमाडौं महानगरपालिकाको कार्यालयमा धर्ना ( भिडियो सहित )

  • अनलाइन डबली

काठमाडौं । निजी जग्गामा डोजर चलाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को कदमविरुद्ध पिडित तथा समुदायले महानगरको कार्यालयमा धर्ना दिएका छन् । नेवार जातीको छाता संगठन नेवा : देबूको समर्थनमा समुदाय तथा पिडितले शंखमूल स्थित निजि जज्गामा डोजरलागाइ भत्काएको बिरोधमा आज महानगरपालिकाको कार्याल राष्ट्रिय सभागृहमा ब्यानर सहित धर्ना दिएका हुन् ।

काठमाडौंमहानगर पालिका ३१ वडा स्थित शंखमूलमा बाटो चौडा बनाउने भन्दै बिनासूचना साहेल महर्जनको निजी जग्गामा डोजर चलाइएको थियो ।

महानगरले आफ्नो सम्पत्तिको हक हनन गरेर आतंक फैलाएको , अन्याय गरेको पिडित  तथा सडक बिस्तार संघर्ष समिति आवद्द अभियन्ताहरुको भनाइ भनाइ छ ।

काठमाडौँ महानगरपालिकाले आफ्नी क्षेत्राधिकार र एनकानुन भन्दा बाहिर गएर आतंकपूर्ण ढंगबाट निजि सम्पत्तिमाथि हस्तक्षप् गरेको भन्दै उपत्यका  सडक बिस्तार सघर्ष समितिले १५ गते दिउँसो २ बजे माइतीघरमा बृहत् आन्दोलन गरिने   समितिका संयोजक सुमन सायमीले बताए ।  “सडक विस्तारका नाममा व्यक्तिगत सम्पत्तिमाथि डोजर चलाइएको छ । त्यसैको विरुद्धको आन्दोलन हो,”  संयोजक सायमीले भने ।

https://youtu.be/xzrlcqO4aCw

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal