Skip
आज :

पोखरा विमान दुर्घटनाः भेटिएका ६३ शवमध्ये २५ को सनाखत, विहानैबाट खोजी कार्य सुरु

  • अनलाइन डबली

काठमाडौँ । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएका ६३ जनाको शव संकलन गरिएकामध्ये २५ शवको सनाखत भएको छ । कास्की प्रहरीका अनुसार आइतबार साँझनै ६३ वटा शव घटनास्थलबाट गण्डकी अस्पतालमा राखिएको छ ।

नागरिक उडड्यन प्र्राधिकरणको खोज तथा उद्दार समन्वय केन्द्रले यती एयरलाइन्स प्रालिको ९ एन एएनसी एटिआर विमान दुर्घटना हुँदा ६८ जनाको मृत्यु भएको जनाएको छ । अज्ञात यात्रुहरु पानीमा डुबेको अशंकामा घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ ।

प्रहरीका अनुसार ३ जना गोताखोरसहित १५ जना विपद व्यवस्थापन तालिम प्राप्त टोली कुरिनटारबाट पोखरा पुगिसकेको छ ।

आइतबार अँध्यारो भएका कारण विमान दुर्घटनास्थलमा आइतबार अबेर खोज तथा उद्धार स्थगित गरिएको थियो । अहिले विहानबाट फेरि सुरु गरिने कास्की प्रहरीले जनाएको छ ।

दुर्घटना स्थलमा नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी गरी ७ सय जना परिचालन गरिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal