काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने हिरासत मुक्त हुने भएको छ । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेविरुद्धको मुद्दामा पीडित भनिएको परिवर्तित नाम आशा नाबालिका नभई १८ वर्षमाथि भएको ठहर गर्दै लामिछानेलाई आज बिहिबार २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
सन्दीपलाइ अदालतले आज धरौटीमा छाड्न आदेश दिएपनि भोलि शुक्रबार थुनामुक्त हुने भएका छन् । हिरासत मुक्त भएपनि लामीछानेले काठमाडौं उपत्यका छाड्न समेत प्रहरीको अनुमति लिनुपर्ने भएको छ । सो जानकारीमा काठमाडौं उपत्यका छोड्ने र फर्फने मिति तथा उपत्यका बाहिर रहने स्थान समेत खुलाउनुपर्नेछ’, अदालतको आदेशमा भनिएको छ ।
लामिछानेले गत भदौ ५ को राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा जाहेरी दिए पछी उनलाई गत भदौ २० गते नाबालिग बलात्कारको अभियोगमा पक्राउ गरिएको थिए ।
जिल्ला अदालत काठमाडौंले उनलाई थुनामै राखेर बलात्कार सम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेश विरूद्ध सन्दिपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए।


अनलाइन डबली

