आज :

सुदूरपश्चिम-गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपात, किसान खुशी

  • अनलाइन डबली

काठमाडौं । पश्चिम नेपालमा भएको हल्का वर्षाले कृषक खुशी भएका छन् । पश्चिम वायु बुधबार विहान नेपाल प्रवेश गरेसँगै सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसरा बुधबार दिउँसोबाट यो क्षेत्रका मौसम बदलीसँगै वर्षा र हिमपात भएको सुरु भएको हो । महाशाखाका अनुसार आज पनि यी क्षेत्रका केही स्थानमा वर्षा र हिमपात हुनेछ ।

शनिबारसम्म पनि यी क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीले पश्चिमका पहाडी क्षेत्रमा सामान्य वर्षा गराए पनि ठूलो पानी पर्ने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।

उता तराई र मधेसमा हिजो केही समय फाटेपनि आज विहानैबाट बाक्लो हुस्सु लागेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal