
काठमाडौं । प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न पहल शुरु भएको छ । नेपालीहरु विगत ८ दिनदेखि बन्धक बनाइएको जानकारी भएपछि प्रधानमन्त्री प्रचण्डले मुख्यसचिवलाई निर्देशन दिएका दिएका थिए ।
वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका उनीहरु किन बन्धक बनाइए र अहिलेको अवस्थाबारे सरकारी अधिकारीले अनुसन्धान थालेका छन् ।
प्रधानमन्त्री प्रचण्डले १९ नेपाली बन्धक बनाइएको घटनाले आफूलाई गम्भीर बनाएको भन्दै चाँडै उद्धारको पहल गर्न भनेका थिए ।
बन्धक बनाइएकामध्ये गोरखाका पाँच छन् । सानेपाको खोजी रिक्वायरमेन्ट म्यानपावरबाट सप्लायर्स कम्पनीमा काम गर्न भदौ २३ गते मलेसिया पुगेका युवाहरू पुगेका थिए ।
उनीहरूलाइ कम्पनीका मालिकले कुटपिट गर्ने, चरम शारिरक यातना दिने गरेकाे र अहिले कम्पनीबाट निकालिएको बन्धक मध्येका बुङकोटका ठाकुर रेग्मीले बताएका छन् ।