आज :

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री राजेन्द्र रावल पक्का, एमालेले थाल्यो यस्तो तयारी

  • अनलाइन डबली

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा एमालेका नेता राजेन्द्र रावल पक्का भएको छ । सत्ता गठबन्धनमा भएको सिट बाँडफाँड अनुसार पहिलो चरणमा एमालेले नेतृत्व गर्ने सहमति भएसँगै रावल मुख्यमन्त्री बन्ने पक्का भएको हो ।

सुदूरपश्चिम प्रदेशमा ५३ जना सांसद छन् । सरकार गठन गर्न २७ सांसद आवश्यक पर्छ । सत्ता गठबन्धन भित्र एमालेका १० माओवादी केन्द्रका ११ नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन् ।

केन्द्रमा भएको सहमति अनुसार यहाँ माओवादीले दोस्रो चरणमा सरकारको नेतृत्व गर्ने छ भने त्यसपछि माओवादी केन्द्रका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने छन् ।

केन्द्रको सहमति अनुसार यहाँ सभामुख माओवादी केन्द्र र उपसभामुख नागरिक उन्मुक्तिको भागमा परेको छ ।

एमालेले पहिलो कार्यकला मुख्यमन्त्री पाएसँगै दाबी पेश गर्ने तयारीमा जुटेको छ । त्यसको लागि गठबन्धन दलको बैठक बस्न एमालेले तयारी थालेको छ ।

प्रदेश प्रमुख यही २७ गते पाँच बजेभित्र मुख्यमन्त्री दाबी पेश गर्न समय सीमा दिएका छन् । त्यही अनुसार नेताहरु तयारीमा जुटेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal