आज :

आजको मौसमः हिमाली क्षेत्रमा हिमपात, तराईमाम बाक्लो हुस्सु

  • अनलाइन डबली

काठमाडौं । आज पश्चिम र पूर्वी नेपालमा मौसम बदली हुने बताइएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र सुदूर पश्चिम प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ ।

मौसमविद् वरुण पौडेलका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने र तराईका धेरै जिल्लामा बाक्लो हुस्सु तथा कुहिरो लाग्नेछ ।

विहान काठमाण्डौ उपत्यकामा हुस्सु लागेपनि विस्तारै दिउँसोसम्म खुल्ने बताइएको छ । तर, तराईका धेरैजसो जिल्लामा भने दिउँसोसम्म नै हुस्सु र कुहिरो लाग्ने मौसमविद् पौडेल बताउँछन् ।

मध्य पुससँगै तराईका धेरै जिल्लामा लगातार हुस्सु कुहिरोले जनजीवन प्रभावित भएको छ । घर बाहिर हिँडडुल गर्न समेत मुस्किल पर्न थालेको छ । चिसोबाट बालबालिका र वृद्धवृद्धालाई बचाउन स्वास्थ्यकर्मी बताउँछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal