काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको छ ।
निगमले एलपी ग्यास र हवाइ इन्धको मूल्य भने हाललाई यथावत् राखिएको छ ।
नयाँ मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलको १७८ र डिजेल तथा मट्टितेलको १७५ रुपैयाँमा झरेको छ । यसअघि पेट्रोलेको १८१ र डिजेल र मट्टितेलको १८७ रुपैयाँमा कारोबार भइरहेको थियो ।
भारतीय आयल कर्पोरेशनले लगातार दोस्रो पटक शुक्रबार मूल्य घटाएर पेट्रोलियम पदार्थ पठाएपछि निगमले पनि मूल्य घटाएको हो ।