काठमाडौँ । अब सरकार कम्प्युटरमा सामाजिक संजाल टिकटक एप नचल्ने भएको छ । यो अमेरिकाको खबर हो । अमेरिकाको माथिल्लो सदन सिनेटले चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको एप टिकटकलाई सरकारी डिभाइसमा प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ।
अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार बुधबार सिनेटले ध्वनि मत गरेर उक्त प्रस्ताव पारित गरिसकेको छ । राष्ट्रपति जो बाइडेनले प्रमाणीकरण गर्नुअघि उक्त प्रस्ताव तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले पारित गर्नुपर्छ।
चिनियाँ कम्पनीको स्वामित्व भएकाले टिकटकबाट प्रयोगकर्ताको विवरणहरू बेइजिङ पुग्ने र त्यसले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने भन्दै टिकटकलाई प्रतिबन्ध लगाएको हो ।
अमेरिकी राज्यहरू नर्थ डाकोटा, इओवालगायतले यसअघि नै टिकटकमाथि प्रतिबन्ध लगाइसकेका छन्।