काठमाडौं। अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले आफ्ना गुरु डिएगो म्याराडोनाको नाममा रहेको सर्वाधिक ८ गोल असिस्टको कीर्तिमान तोडेका छन् ।
तत्कालिन कप्तान म्याराडोना विश्वकपमा सर्वाधिक असिस्ट गर्ने कीर्तिमानसँग तोड्दै मेस्सीले ९ असिस्ट गरेका छन् । यसअघि मेस्सीले पाँचवटा विश्वकपमा गोल असिस्ट गर्ने विश्व कप कीर्तिमान बनाएका थिए ।
यस्तै मेस्सीले विश्वकपको एकै खेलमा गोल र असिस्ट गर्ने सबैभन्दा कम उमेर र सबैभन्दा बढी उमेरको खेलाडीका रुपमा पनि विश्व कीर्तिमान बनाइसकेका छन् । मेस्सीले अब एक गोल गर्न सके विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडीको कीर्तिमान बनाएका छन् ।
अघिल्लो खेलमा नेदरल्यान्ड्सविरुद्ध गोल गर्दै उनले विश्वकपमा आफ्नो गोल संख्या १० पुर्याएका थिए भने क्रोएसियाविरुद्ध पहिलो गोलसँगै मेस्सीको गोल संख्या ११ पुगेको छ ।
म्याराडोना मेस्सीको खेल जीवनका प्रेरणा र अभिभावकसँगै गुरु पनि हुन् । अहिले मेस्सीले म्याराडोनाले बनाएको कीर्तिमानी तोडेका छन् ।