आज :

थापाथलीस्थित सुकमवासी बस्ती हटाउन मागगर्दै काठमाडौँ महानगरमा स्थानियको धर्ना

  • अनलाइन डबली

काठमाडौँ । उपत्यकावासी ब्यबस्थापन तथा सहयोग संघर्ष समितिले काठमाडौंको थापाथलीस्थित सुकमवासी बस्ती हटाउन माग गर्दै काठमाडौं महानगरपालिकामा स्थानिले धर्ना दिएका छन् ।  स्थानीय समुदाय सहित ठुलो संख्यामा सर्वसाधारणले आज सुनधारा स्थत  काठमाडौँ महानगर पालिकाको कार्यालय बाग्दरवार पुगेर धर्ना दिदै  ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरूले थापाथलीस्थित बागमती खोलाको किनारामा रहेको सार्वजनिक सरकारी जग्गा अतिक्रमण गरी आफूखुशी मनलागी, अशोभाविक एवं अनियन्त्रित रुपमा बसिरहेका कथित सुकुमवासीका कारण खोला प्रदुपषत भएको, बागमती नदीको सभ्यता हारौदै गएको , राजधानीको सौन्दर्यमा समेत प्रतिकूल असर परेको जनाएका छन् । अस्तव्यस्थ बसोबास र दिउँसै खुल्ला रुपमा घरेलु हतियारका कारण राजधनीवासी भयावह र असुरक्षित महशुस गरेको उल्लेख गरेका छन् ।

उक्त बस्तीमा रहेका वास्तविक सुकुमवासीको पहिचान गरी व्यवस्थापन गर्नु पर्ने र सुकुमवासीको नाममा सरकारी जग्गा अतिक्रमण गर्नेलाई कानुन अनुसार कारबाही गर्न उनीहरूले  जोडदार माग गरेको छ ।

गएको सोमबार अधिकार सम्पन्न बागमति सभ्यता एकीकृत विकास समितिको आग्रहकमा महानगरको टोली थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्न जाँदा सुकुम्बासी र प्रहरीबीच झडप हुँदा महानगरका ३६ प्रहरी घाइते भएका थिए ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal