काठमाडौं । काठमाडौं महानगरपालिकाले लोकसेवा आयोगको वैकिल्पक सूचीमा रहेका ईन्जिनियरहरुलाई करारमा नियुक्त गर्ने भएको छ ।
मंगलबार महानगरपालिकाले सूचना जारी गर्दै करार सेवामा कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगको परीक्षामा वैकल्पिकमा परेका उम्मेदवारलाई आवेदनका लागि आह्वान गरेको छ।
आयागले सार्वजनिक गरेको १५ वटा विज्ञापनका अस्थायी तथा वैकल्पिक क्रममा भएका सिभिल इन्जिनियर, आर्किटेक इन्जिनियर, इलेक्ट्रिक ईन्जिनियर, स्ट्रक्चर ईन्जिनियरलाई योग्यता क्रम अनुसार करारमा नियुक्ति गर्ने महानगरले जनाएको हो ।
महानगरको कार्यपालिका वैठकहरुमा वडाध्यक्षहरुले बारम्बार इन्जिनियर नहुँदा समस्या सिर्जना भएको भन्दै आवाज उठाउँदै आएका थिए । त्यसपछि महानगरले वडा वडामा डाक्टर, इन्जिनियर र नर्स राख्ने कार्यपालिकाले निर्णय गरेको थियो ।
महानगरले सूचना प्रकाशित भएको मितिले एक साताभित्र प्रवेशपत्रको प्रतिलिपी, निवेदन र स्नातक तहको प्रमाणपत्र महानगरमा पेश गर्न उक्त सूचना मार्फत आव्हान गरेको छ ।
सूचना..


अनलाइन डबली


