आज :

मंसिर २९ देखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्दै निफ्रा

  • अनलाइन डबली

 

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले मंसिर २९ गतेदेखि ५ अर्ब रुपैयाँबराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ।

बैंकले वार्षिक ७ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधिको “निफ्रा उर्जा ऋणपत्र २०८५/८६” नामक ऋणपत्र निष्काशन गर्न लागेको हो।

बैंकको जम्मा ५० लाख कित्ता ऋणपत्र मध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बिक्री गरिनेछ।

सर्वसाधारणका लागि निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्रदान गरेको छ।यसले मध्यम कर्जा जोखिम रहेको संकेत गर्दछ। उक्त ऋणपत्रमा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटलले गर्नेछ।

यस ऋणपत्रमा लगानीकर्ताले आउँदो मंसिर २९ गतेदेखि छिटोमा पुस ४ गते र ढिलोमा पुस १४ गतेसम्म आवेदन दिन पाउनेछन्।

बैंकले निष्काशन गरेको ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal