आज :

कोरियालाई विश्वकै शक्तिशाली परमाणु देश बनाउने किम घोषणा, विश्वभर हलचल

  • अनलाइन डबली

काठमाडौं । जनवादी कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नो देशलाई विश्वकै शक्तिशाली परमाणु देश बनाउने भएको बताएका छन् । अन्तरमहादेशीय व्यालेष्टीक क्षेप्यास्त्र परीक्षण सम्पन्न भएको केही दिनमै किमले यस्तो घोषणा गरेका हुन् । नेता किमले देशको यो परमाणु शक्तिको विकासले सार्वभौम सत्ता र जनताको रक्षा गर्ने उनले बताए ।

उत्तर कोरीयाली सञ्चार माध्यमका अनुसार सफलतापूर्वक आईसिविएम ह्वासोङ १७ को सफल परीक्षण गर्ने अधिकारीहरुलाई किमले बढुवा समेत गरेका छन् । उत्तर कोरीयाले हालै परीक्षण गरेका अन्तरमहादेशीय क्षेप्यास्त्र अमेरीकी शहरहरुसम्म पनि मार हान्न सक्ने क्षमताको भएको बताईएको छ ।

किमको यो घोषणाले विश्वभर हलचल मच्चाएको छ । अमेरिकाले दक्षिण कोरियासँग मिलेर संयुक्त सैन्य अभ्यास गरेलगत्तै जनवादी कोरियाले परमाणु अन्तरमहादेशीय ब्यालेष्टिक क्षेप्यास्त्र सफल परीक्षण गरेको हो । जनवादी कोरियाले आफ्नो सार्वभौमिकतामाथि कसैले धावा बोले परमाणु युद्ध हुने समेत चेतावनी दिँदै आएको छ ।

जनवादी कोरियाले परमाणु हतियार प्रयोगसम्बन्धी कानुन संशोधन गरेर किमलाई अधिकार दिएको छ । उनले देशमाथि खतरा संकेत महशुस भएमा परमाणु हतियार प्रयोगको अनुमति दिने अधिकार संशाेधित कानुनमा छ । अमेरिका र संयुक्त राष्ट्रसंघको चौतर्फी कडा प्रतिबन्धलाई फेल गराउँदै जनवादी कोरियाले आफ्नो परमाणु मिसनमा अघि बढिरहेको छ ।

किमले अमेरिकालाई संकेत गर्दै नयाँ घोषणा लगत्तै रुसले जापान सीमा क्षेप्यास्त्र प्रहार गरेको छ । रुसले युक्रेनपछि जापानमा हमलाको तयारी गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

उत्तर कोरियाले युक्रेनमाथि रुसले गरेको सैन्य कारवाहीको समर्थन गरेको छ । संयुत्तः राष्ट्रसंघमा भएको मतदानमा उत्तर कोरियाले रुसको पक्षमा मतदान समेत गरेको छ । उत्तर कोरियाले एक लाख सैनिक युक्रेनको पुनः निर्माणको लागि पठाएको छ । रुसको आफूसँग गाभेको पूर्वी युक्रेनको पुनः निर्माणमा उत्तर कोरियाका सेनाले काम गरिरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal