आज :

गलवान झडपपछि मोदी-सी पहिलो भेटवार्ता, के भयो कुराकानी ?

  • अनलाइन डबली

काठमाडौँ । इन्डोनेसियाको बालीमा भएको जी–२० शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेट भएको छ ।

इन्डोनेसियाका राष्ट्रपतिले शिखर सम्मेलनमा सहभागी सबै नेताहरूका लागि रात्रिभोजको आयोजना गरेका थिए । सोही रात्रिभोजमा दुई नेताबीच भेट भएको हो ।

भेटमा दुवैले एकअर्कासँग हात मिलाएर केही बेर कुराकानी गरे । तर, दुईबीच औपचारिक कुराकानी भने भएन । मोदी र सीको पछिल्लो भेट ३ वर्षअघि अर्थात नोभेम्बर २०१९ मा ब्राजिलमा भएको ब्रिक्स शिखर सम्मेलनमा भएको थियो।

सो भेटको एक महिनाअघि अर्थात् अक्टोबर २०१९ मा जिनपिङ भारत आएका थिए । त्यतिबेला दुई नेताबीच तमिलनाडुको महाबलीपुरममा भेट भएको थियो।

सन् २०२० मा गलवान झडपपछि कुनै पनि मञ्चमा मोदी र जिनपिङको यो पहिलो भेट हो। यसअघि सेप्टेम्बरमा एससीओको बैठकमा दुवै नेता एउटै मञ्चमा उपस्थित थिए तर दुवैले कुराकानीसमेत गरेका थिएनन् ।

यसबाहेक मोदीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग पनि भेट गरेका छन् । उनले ट्वीटरमा लेखे, ‘मेरो साथी राष्ट्रपति इमानुएल म्याक्रोनसँग।’ उनले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि भेटेका थिए ।

प्रधानमन्त्री मोदीले राष्ट्रपति बाइडेनसँग धेरै महत्त्वपूर्ण विषयमा छलफल भएको जानकारी दिए । प्रधानमन्त्री मोदीले बेलायती प्रधानमन्त्री ऋषि सुनकसँग पनि भेट गरेका छन् । उनले लेखेका छन्, ‘भविष्यमा सँगै काम गर्न तयार छु ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal