काठमाडौं । तिहारको अन्तिम तथा विशेष दिन भाइटीका लगाएर रमाइलो भइरहेको बेला दिन मकवानपुरमा भने दुःखद् घटना घटेका छन् । प्रहरीका अनुसार छुटाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । भाइटीकाको तयारीमा रहेका हेटौंडा-१२ कल्याणटारका ५७ वर्षीय कृष्ण बम्जनको आज बिहीबार बिहान साढे ९ बजे हिंड्दै गर्दा लडेर मृत्यु भयो । मकवानपुर प्रहरीका अनुसार हल्का पानी रहेको खोल्सामा बम्जन चिप्लिएर लडेका थिए ।
अर्को एक घटनामा भीमफेदी-१ बाघचौरका ४१ वर्षीय सुकमान गोलेको मृत्यु भएको छ । गोले बुधबार राति देउसी खेल्ने क्रममा एक घरबाट अर्को घरमा जाँदा भीरबाट लडेका थिए । लडेर गम्भीर घाइते भएका गोलेको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।
राति भैलो खेल्ने र विहान दिदीबहिनीको हातबाट भाइटीका लगाउने तयारीमा रहेका गोलेको मृत्युले परिवार शोकमा डुबेको छ । स्थानीयका अनुसार टीका लगाउने तयारीमा रहेको दिदीबहिनी रुँदै अन्त्येष्टीमा सहभागी हुनु परेको छ ।
त्यसैगरी सिरहामा छठको तयारीमा रहेका दुई जनाको मृत्यु भएको छ । कल्याणपुरमा ट्याक्टर अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको हो । भित्रि सडक अन्तर्गत कल्यणपुरकै भोक्राहाबाट कल्याणपुर बजारतर्फ आउँदै गरेको नम्वर नखुलेको ट्याक्टर कल्याणपुर १० पर्चिलवामा दुर्घटना हुँदा चालक कल्याणपुर नपा ४ का ३० को छेदुवा गोइत र केरा साहु सोही नगरपालिका ११ का ४५ वर्षिय दुखिया साहको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टरमा छठ पर्वको लागि कल्याणपुर बजारमा विक्रिको लागि केरा ल्याउँदै गर्दा दुर्घटना भएको थियो । ट्याक्टर अनियन्त्रित भई भएको दुर्घटनामा च्यामिएर दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहा लागिएको छ ।
चाडबाडको बेला यस्ता घटना र दुर्घटना हुँदै आएका छन् । हिजै रोल्पमा पनि जीप दुर्घटना भएको थियो । यो बर्ष दशैंसँगै देशभर आएको बाढी पहिरोले ठूलो जनधनको क्षेति पुर्याएको छ ।