काठमाडौँ ।सरकारले प्लास्टिक जन्य प्रदार्थबात बनेका फूलमाला ,गुच्छामा लागेको प्रतिबन्ध कार्यान्वयन गर्ने भएको छ । वन तथा वातावरण मन्त्रालयले साउन १२ बात देशभर यस्ता प्लास्टिकका फूलमाला ,गुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिवन्ध लगाएको भएता पनि तिहार नजिकिँदै जाँदा कार्यान्वयनमा लगीन लागिएको हो ।
वातावरण विभागले बिहीबार सार्वजनिक सूचना जारी गरी तिहार र छठजस्ता चाडपर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको छ । कसैले प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैँयासम्म जरिवाना हुने र विभागबाट १ लाखसम्मको जरिवाना हुनेसमेत हुने जारि सूचनामा उल्लेख छ