काठमाडौँ । काठमाडौं उपत्यकामा बुधबार दिउँसो भूकम्पको धक्का महशुस भएको छ। भूकम्पले हल्लाएपछि मान्छेहरु घर छोडेर बाहिर भागेका थिए ।
दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो। भूकम्प कति म्याग्नेच्युडको थियो र केन्द्रबिन्दु कहाँ थियो भन्ने खुलिसकेको छैन।
काठमाडौँसहित भक्तपुर, ललितपुर, नुवाकोट, काभ्रे र आसपासका जिल्लाहरुमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । यसबारे बिस्तृत विवरण आउँन बाँकी छ ।
यसैबीच जलवायु परिवर्तनको हानीका कारण करिब एक अर्ब बालबालिका ‘अत्यन्त उच्च जोखिममा’ रहेको एक अधिकार समूहले बुधवार चेतावनी दिएको छ। युवाहरूको जीवनस्तर पछिल्लो दशकमा सुधार हुन असफल भएको पनि सो समूहले जनाएको छ।
किड्सराइट्स सूचकांकले विश्वका एक तिहाइ भन्दा बढी बालबालिका (करिब ८२० मिलियन) हाल गर्मीको लहरमा परेको जनाएको छ। संयुक्त राष्ट्र संघीय नियकाले प्रदान गरेको तथ्यांकका आधारमा उक्त तथ्यांक निकालिएको हो।
पानीको अभावले विश्वभर ९२ करोड बालबालिकालाई असर गरेको छ, जबकि मलेरिया र डेंगु जस्ता रोगहरूले झन्डै ६० करोड बालबालिकालाई असर गरेको डच एनजीओ किड्सराइटले जनाएको छ।
बालबालिकाको अधिकारको वार्षिक रूपमा कसरी सम्मान गरिन्छ भनेर मापन गरिन्छ। सूचांकअनुसार १८५ देशहरुमध्ये आइसल्याण्ड, स्वीडेन र फिनल्याण्डलाई बालबालिकाको अधिकारको लागि उत्कृष्ट मानिएको छ भने सिएरा लियोन, अफगानिस्तान र चाडलाई सबैभन्दा खराबको रूपमा मापन गरिएको छ।