आज :

ओलीले मनपरी गरेपछि एमालेभित्र १२ उम्मेदवार बागी, कसले कहाँ दिए उम्मेद्वारी ? नामलिस्टसहित

  • अनलाइन डबली

काठमाडौँ । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा टिकट नपाएपछि प्रमुख राजनीतिक पार्टीमा बागी उम्मेदवारको बाढी लागेको छ ।

त्यसमध्ये नेकपा एमालेका आधिकारिक उम्मेदवारविरुद्ध प्रतिनिधि सभातर्फ नौ तथा प्रदेश सभातर्फ तीन जनाको स्वतन्त्रका नाममा बागी उम्मेदवारी परेको हाे । ओलीले उम्मेदवार छान्न मनपरी गरेपछि बागी उम्मेदवारको बाढी आएको हो ।

कहाँ कसको बागी ?
दाङ १मा शान्ता चौधरीविरुद्ध गंगा सत्गौवाले बागी उम्मेदवारी दर्ता गराएका छन् । रुपन्देही ५ मा खिमलाल भट्टराईविरुद्ध बासुदेव घिमिरे र रुपन्देही १ मा छविलाल विकविरुद्ध घनश्याम भुसालले बागी उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै कास्की ३ मा दामोदर बैरागीविरुद्ध जगन्नाथ बास्तोला, स्यांजा २ मा पद्मा अर्यालविरुद्ध कपिलदेव न्यौपाने र काठमाडौं ७ मा एमाले समर्थनका राजेन्द्र श्रेष्ठविरुद्ध रामवीर मानन्धरले बागी उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै रौतहट ३ मा प्रभु साह एमालेको टिकट छाडेर बागी उम्मेदवार बनेका छन् । दैलेख १ मा रवीन्द्रराज शर्माविरुद्ध गोपाल नेपाली, सर्लाही १ मा जसपा एमाले गठबन्धनका प्रमोद साहविरुद्ध मानबहादुर खड्काले उम्मेदवारी दिएका छन् ।

तयस्तै प्रदेशतर्फ धादिग १ (क) बाट रमेश आचार्यविरुद्ध नेत्रराज पौडेल, बाजुरा (क) लालबहादुर थापाविरुद्ध सहदेव बोगटी र सुर्खेत १ (ख) मा डण्डीप्रसाद शर्माविरुद खड्क बहादुर खत्रीले उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि २ हजार ४५२ जनाको उम्मेदवारी परेको जनाएको छ । यस्तै, प्रदेशसभा सदस्यका लागि ३ हजार ३२६ जनाको उम्मेदवारी दर्ता भएको छ ।

आयोगले आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्म भएको मनोनयनपत्र दर्ताका लागि समय दिएको थियो । यस अवधिमा दर्ता भएकामध्ये आयोगको सूचना प्रणालीमा प्रविष्ट भएका आधारमा प्रतिनिधिसभाअन्तर्गत देशभर २ हजार २२३ पुरुष र २२९ महिला गरी कूल २ हजार ४५२ जनाले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।

सहसचिव एवं आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्ति अनुसार तोकिएको समयभित्र सम्बन्धित निर्वाचन कार्यालयमा उपस्थित भएका कतिपय उम्मेदवारहरूको दर्ता कार्य जारी रहेको छ । कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले यकिन विवरण प्रविष्ट हुन बाँकी नै छ ।

प्राप्त विवरणअनुसार प्रदेशसभातर्फ ३ हजार ३९ जना पुरुष, २८६ जना महिला र १ जना अन्य गरी जम्मा ३ हजार ३२६ जनाको उम्मेदवारी दर्ता भएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवारहरूले सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा आइतबार मनोनयनपत्र दर्ता गरेका थिए ।

उम्मेदवारी दर्ता उत्साहजनक तथा शान्तिपूर्ण भएको आयोगले जनाएको छ । दर्ता भएका उम्मेदवाहरूको सूची आइतबार नै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गर्ने कार्यक्रम छ ।

सोमबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने निर्वाचन तालिका छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal