आज :

उम्मेदवारी दर्ता गरेपछि गगन थापाले दिए यस्तो अनौठो प्रतिक्रिया, नेता कार्यकर्ता चकित

  • अनलाइन डबली

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय बूढानीलकण्ठमा उनले मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्तापछि थापाले ड्राइभिङ सिटमा अब आफैं बस्ने प्रतिक्रिया दिए।

‘ड्राइभिङ सिटमा अब आफैं बस्ने हो । अब आउने पाँच वर्ष आफैं ड्राइभिङ सिटमा बसेर मूल दायित्व लिने प्रयत्न गर्ने हो । फल कस्तो आउँछ, समयले बताउला,’ थापाले भने । सरकार तथा पार्टीको मूल नेतृत्व गर्ने जोश र आवश्यक अनुभव भएको उनको भनाइ छ ।

काठमाडौं ४ ले आफूलाई पहिचान दिएको भन्दै अन्य क्षेत्रमा उम्मेदवार बन्न नगएको बताए । ‘यो ठाउँबाट प्रतिनिधित्व गर्न पाउँदा मलाई गौरव लाग्छ। यहाँको माटोले मलाई बाँधेको छ,’ थापाले भने, यो क्षेत्रका लागि मैले गर्ने भन्दा पनि यो ठाउँले नै मलाई धेरै पहिचान दिएको छ। हुर्कन दिएको छ। त्यसैले अन्तबाट निमन्त्रणा हुँदा पनि गइनँ ।’

यता काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा बहुपक्षीय भीडन्त हुने देखिएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका नेता प्रदीप पौडेल, अर्थशास्त्री एवम् शिक्षासेवी प्राडा गोपीलाल न्यौपाने र युवाहरुबीच लोकप्रिय रञ्जु दर्शनाबीच प्रतिस्पर्धा हुने भएको हो ।

आइतबार मनोनयन दर्ता गराएपछि पोखरेलले नेकपा एमालेले जनताको हीतका लागि काम गरेकाले चुनाव जित्नेमा विश्वस्त रहेको बताए । सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता पोखरेलले नेकपा एमालेले गत ५ वर्षमा जनताको प्रतिष्ठामा आँच आउने कुनै काम नगरेको भन्दै जनतासँग पार्टीका विचार बोकेर जाने बताए ।

उनले भने, ‘जनताको हीतमा हामीले यो ठाउँमा धेरै काम गरेका छौँ । धेरै समस्यालाई समाधान गर्ने कुरामा केन्द्रित भएर काम गर्दै आएका छौँ । गठबन्धन हामीले स्थानीय तहको निर्वाचनमा पनि देख्यौँ । नेकपा एमालेको राजनीतिक प्रतिष्ठा जनताको बीचमा जुन छ, त्यो प्रतिष्ठामा आँच पुग्ने कुनै गतिविधि भएका छैनन् । हामी हाम्रा विचार लिएर आएका छौँ । हामीले हिजोको भन्दा पनि थप हाम्रो अवस्थालाई सबल बनाएका छौँ ।’

त्यस्तै काठमाडौं क्षेत्र नम्बर ५ बाट नै सत्तारुढ गठबन्धनको उम्मेदवार बनेका नेपाली काँग्रेसका नेता पौडेलले संघीय राजधानी, राजधानी जस्तो नभएकाले राजधानी बनाउन आफ्नो उम्मेदवारी रहेको बताए ।

उनले मुलुकलाई स्थिरता र सुशासन दिनका लागि आफ्नो उम्मेदवारी भएको बताए । उनले सुशासन कायम गर्ने, भ्रष्टाचार शुन्य गर्ने, नागरिकको विकासका लागि काम गर्ने प्रतिवद्धता समेत जनाए । नेता पौडेलले गठबन्धनका प्रतिनिधिलाई चुन्दा पछुताउनुपर्ने अवस्था नआउने दाबी गरे ।

उनले भने, ‘यो राजधानीको केन्द्र हो, यहाँ हुने गतिविधिले देशलाई सन्देश प्रवाह गर्छ । यो मुलुकमा सुशासन कायम गर्नको निम्ति कतै खोट नदेखिने गरेर काम गर्नेछौँ । शुसाशन कायम गर्ने, भ्रष्टाचार शुन्य गर्ने, नागरिकको विकासका लागि हामी काम गर्नेछौँ । राजधानी राजधानी जसरी विकास हुन सकेको छैन । हामीलाई प्रतिनिधि बनाउँदा जनतालाई पछुताउनुपर्ने अवस्था आउने छैन ।’

काठमाडाैं क्षेत्र नम्बर ५ बाट नै प्राडा गोपीलाल न्यौपाने, रञ्जु दर्शना र कलाकार मधुसुदन पाठकले पनि स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सबै

काभ्रेपलाञ्चोक । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले संविधान र लोकतान्त्रिक अभ्यासअनुसार तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने बताएका छन् । आज काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाको अवलोकनका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले निर्वाचनका लागि सरकारले वातावरण बनाएको र राजनीतिक दलहरुपनि त्यसतर्फ होमिएको बताएका हुन् । निर्वाचनका विषयमा कुनै पनि किसिमको अन्योल नरहेको भन्दै सञ्चारमन्त्री खरेलले देशमा राजनीतिक स्थिरता र लोकतन्त्रको सुदृढीकरणका लागि समयमै निर्वाचन हुनु अत्यन्त आवश्यक रहेको उल्लेख गरे । निर्वाचन प्रक्रियाप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले स्पष्ट पारे । सञ्चारमन्त्री खरेलले भने, ‘निर्वाचनको वातावरण बनाउन सरकारले मंगलबार र बुधबार नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीसँग उनीहरुकै कार्यालयमा पुगेर छलफल र अन्तरक्रिया गरिएको छ । राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुसहितको बैठक पनि भएको छ । यसले निर्वाचनको वातावरण सुनिश्चित गरेको छ । दलहरु निर्वाचनका लागि तयार छन् । सरकारले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ ।’ पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले सङ्घ, प्रदेश र स्थानीत तहको समन्वय र सहकार्यलाई फराकिलो बनाएर विकास र समृद्धिको यात्रामा सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी, बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । यसैबीच मन्त्री खरेलले धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने खरेलथोक स्वारामा प्रत्येक वर्ष हुने कुलपूजा तथा विविध धार्मिक कार्यक्रमलाई सम्वोधन गरे । सो अवसरमा मन्त्री खरेलले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा सरकारको विशेष ध्यान रहेको बताउँदै स्थानीय समुदायले खेलेको सक्रिय भूमिकाको प्रशंसा गरे । उनले यस्ता धार्मिक–सांस्कृतिक गतिविधिले सामाजिक एकता र मौलिक पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे ।

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal