आज :

जनमतसंग्रहलाई मान्यता नदिने अमेरिकाको घोषणा, हिमार्स मिसाइलसहित थप हतियार युक्रेन पठाउँदै

  • अनलाइन डबली

काठमाडौँ । पूर्वी युक्रेनका चार क्षेत्रमा भएको जनमत संग्रहलाई मान्यता नदिने अमेरिकाले घोषणा गरेको छ । उसले त्यसलाई पश्चिमा देशहरुले कहिलै नमान्ने बरु रुसमाथि थप कडा प्रतिबन्ध लगाउने बताएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले क्रेमलिनले युक्रेनी भूमिको रुसमा विलयलाई कहिलै मान्यता नदिने समेत बताए । उनले रुसले अतिरिक्त तीव्र र गम्भीर क्षति बेहोर्नुपर्ने चेतावनी समेत दिए । त्यस्तै, फ्रान्सले पनि जनमत संग्रहलाई नक्कली तमासा बताउँदै मान्यता नदिने बताएको छ ।

युक्रेन भ्रमणमा रहेकी फ्रान्सकी विदेशमन्त्री क्याथरिन कोलोनाले जनमत संग्रहलाई आफूहरुले नमान्ने बताउँदै रुसमाथि थप प्रतिबन्ध लगाउने पर्नेमा जोड दिइन् । यसैबीच युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रुसमाथि कडा प्रतिबन्ध लगाउन ईयूलाई आग्रह गरेको बीबीसीले जनाएको छ ।

यक्रेनी विदेशमन्त्रीले भनिन, “रुसी अर्थतन्त्रमा असर पार्ने विशेष कुराका साथमा हामीले अत्यन्त गम्भीर, प्रभावकारी प्रतिक्रिया दिनु आवश्यक छ। कथित जनमतसङ्ग्रहको प्रतिक्रिया जति नरम हुन्छ, रुस थप क्षेत्रहरू कब्जा गर्न उत्प्रेरित हुन्छ ।” त्यस्तै बेलायतले पनि जनमतसङ्ग्रहलाई अस्वीकार गर्दै नयाँ प्रतिबन्धहरू लगाएको छ । उसले उक्त मतदान गराउन संलग्न शीर्ष रूसी अधिकारीहरूमाथि प्रतिबन्ध लगाइदिएको छ ।

उता चीनले भने जनमत संग्रहको पक्षमा उभिएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सबै देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान हुनैपर्ने प्रतिक्रिया दिएका छन् । रुसले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको लागि जनमत संग्रह गराएको बताउँदै आएको छ । यसको चीनले पहिलो पटक समर्थन गरेको छ ।

यसैबीच अमेरिकाले जनमत संग्रहको नतिजासँगै रुसले विलय गराउने प्रक्रिया सुरु गरेका क्षेत्रमा लड्नको लागि युक्रेनलाई थप हतियार दिने घोषणा गरेको छ । अमेरिकी रक्षा मन्त्रालयका अनुसार युक्रेनलाई नयाँ खेप हतियार पठाउने तयारी भइरहेको छ । जसमा हिमार्सजस्ता अत्याधुनिक मिसाइल र रडार सिस्टम रहेका छन् । अमेरिकाले नयाँ हतियारसँगै युक्रेनी फौजले जनमत संग्रह भएका क्षेत्रमा हमला गर्न सक्ने बताइएको छ।

उक्त कुराका पूर्वनुमान गर्दै रुसले जनमतसंग्रह भएका क्षेत्रको सुरक्षा गर्ने बताइसकेको छ । ती क्षेत्रमा हालै परिचालित भएका रजिर्ब सैनिक पनि पुगिसकेका छन् । रुसले आफ्नो मिसनको पहिलो चरण पूरा भएको भन्दै अर्को चरणको युद्ध गर्ने योजनामा तय गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

रुसले अप्रेसन विन्टर सुरु गरिसकेको छ । रुसले जाडो अगाडि नै युक्रेन मिसन पूरा गर्ने योजना बनाएको छ । नोभेम्बर, डिसेम्बर र जनवरीमा युक्रेनमा अत्याधिक चिसो हुन्छ । दोस्रो विश्वयुद्धमा जर्मनी सेना चिसोमा फसेर नै रुसले सजिलै हराउन सफल भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal