काठमाडौँ महानगरपालिकाका मेयर बालेंन शाहले यसपटकको दशैमा काठमाडौँको भित्रि शहरमा अवस्थित नरदेवीबात चङ्गा उडाउने सोच भएको बताउनु भएको छ । काठमाडौँ महानगरपालिका १८ वडा नरदेवी स्थित आज पुनः निर्माण भएको ङतभुलु अजिमा द्य: छे ( नरदेवी श्वेतकाली देव) उत्घाटनको अवसरमा बाल्यकाल बिताएको टोललाइ सम्झिदै सो कुरा बक्ता गर्नु भएको हो। काठमाडौँ महानगर सम्पदा सम्रक्षण तथा पुनः निर्माणमा सदैव तत्पर रहेको बताउदै मेयर बालेंले द्य: छे पुनः निर्माण सम्पन्न भएकोमा सबैलाई शुभकामना तथा धन्यबाद दिनु भयो ।
यसै गरि उपमेयर सुनुता डंगोलले सम्पदा, मौलिक परम्परा र रहनसहनको कारण भित्रि शहरको महत्व भएको बताउनु भयो । नेवार समुदायको पहिचान बचाई राख्न स्थानीय सरकारको सस्कृति बचाई राख्न सदैव भूमिका रहने बताउनु भयो ।
काठमाडौँ महानगर पलिका , पुरातत्व बिभाग , गुठि सस्थां र स्थानीय दाताहरुको २ करोड ५३लाखको लागतमा द्य: छे पुनः निर्माण सम्पन्न भएको १८ वडाका अध्क्ष न्हुछे काजि महर्जनले बताउनु भयो ।