काठमाडौँ । बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा नेपालबाट परराष्ट्र मन्त्री नारायण खड्का सहभागी हुने भएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र मामिला सल्लाहकार अरूण सुवेदीले सेतोपाटीलाई दिएको जानकारीअनुसार खड्का बेलायत जाने निर्णय भएको छ।
महारानी एलिजाबेथको सेप्टेम्बर १९ मा अन्त्येष्टि हुँदैछ। उनको अन्त्येष्टिमा संसारका विभिन्न देशका सरकार र राष्ट्रप्रमुख सहभागी हुँदैछन्।
भुटानका राजा जिग्मे केशर नाम्गेल वाङ्गुचक महारानीको अन्त्येष्टिमा सहभागी हुने भएका छन् भने भारतकी राष्ट्रपति द्रौपदी मुर्मु पनि एलिजाबेथलाई अन्तिम विदाई गर्न बेलायत पुग्ने भएकी छन्।
९६ वर्षको उमेरमा एलिजावेथको गत बिहीबार निधन भएको थियो। उनी ७० वर्षसम्म बेलायती महारानी भएकी थिइन्।
बेलायतकी महारानी हुँदा एलिजाबेथ दुई पटक नेपाल भ्रमणमा आएकी थिइन्। उनको निधनमा सरकारले तीन दिने राष्ट्रिय शोक घोषणा गरेको थियो।
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          

अनलाइन डबली


