सरकारले मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति घोषणा गरे संगै काठमाण्डौ क्षेत्र नं ८ ( ख ) मा पनि सम्भावित उम्मेदवारहरुका वारेमा चर्चा परिचर्चा सुरु भएको छ।
२०७४ सालको प्रदेश सभा निर्वाचनमा विजयी बनेका अष्टलक्ष्मी शाक्य पुर्व बागमती प्रदेशका मुख्यमन्त्री बने संगै नेकपा एमालेमा भावी उम्मेदवारको बहस सुरु भएको समयमा काठमाण्डौ क्षेत्र नं ८ (ख ) मा युवाहरुका ढुकढुकी एवं जनप्रिय नेता शंकर घिमिरेको चर्चा सुरु भएको छ।
नेकपा एमाले कामपा १५ वडा कमिटीबाट औपचारिक राजनीति सुरु गरेका घिमिरे
नेकपा एमालेको क्षेत्रीय कमिटी सदस्य हुदै हाल नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य तथा नेकपा एमाले कामपा १५ वडा कमिटीका इन्चार्जमा रहनु भएको छ।
काठमाण्डौ जिल्लाको भूगोलमा घिमिरे निकै नै क्रियाशील हुनुहुन्छ ।आफ्नो क्षेत्रमा सामाजिक कार्य प्रति सक्रिय तथा विकास प्रेमि छबि बनाएका घिमिरे युवाहरू तथा स्थानीय जनताहरु बीच एकदमै लोक प्रिय नेताको रूपमा प्रतिष्ठित हुनुहुन्छ ।


अनलाइन डबली


