काठमाडौँ । अष्ट्रेलियाको राजधानी क्यानबेरामा गोलीबारीको खबर आएको छ । गोलीबारीको यस घटनापछि विमानस्थल खाली पारिएको छ ।
प्रत्यक्षदर्शीका अनुसार उनीहरुले तीनवटा गोली चलेको आवाज सुने । प्रहरीले एक संदिग्ध व्यक्तिलाई हिरासतमा पनि लिएको छ । हालसम्म कोही पनि घाइते भएको कुनै पनि सुचना प्राप्त छैन ।
केन्द्रीय प्रहरीले विमानस्थलको अनुसन्धान गरिरहेको छ । यसबारे विस्तृत जानकारी प्राप्त हुनै बाँकी छ । यो गोलीबारी टर्मिनल ‘के’ को चेक–इन पोइन्टमा भएको हो ।
यसैबीच शुक्रबार न्युयोर्क राज्यमा छुरा प्र हारमा परेका प्रख्यात लेखक सलमान रुस्दीलाइ भेन्टिलेटरबाट बाहिर निकालिएको जनाइएको छ । उनलाई भेन्टिलेटरबाट बाहिर निकालिएको रुस्दीका एजेन्ट एन्ड्रयू वाइलीले पुष्टि गरे ।
त्यस्तै उनी बोल्न सक्ने अवस्थामा रहेको पनि अमेरिकी सञ्चार माध्यम वासिंगटन पोस्टले जनाएको छ । उनको स्वास्थ्यबारे थप विवरण भने दिइएको छैन् ।
यसअघि भारतीय मूलका बेलायती लेखक रुस्दीलाई छुरा प्र हार गरेको आशंकामा पक्राउ परेका हाडी मटरले न्युयोर्कको एक अदालतमा आफू दोषी नभएको दाबी गरेका थिए ।
ज्यान मार्ने प्रयास र कुटपिट गरेको अभियोगमा मटरलाइ शुक्रबार अदालतमा उपस्थित गराइएको थियो । उनलाई चौटौका काउन्टी कारागारमा थुनामा राखिएको छ ।