आज :

पश्चिमको कठोर प्रतिबन्धमा पनि रुसले निकाल्यो सोचभन्दा राम्रो नजित, युक्रेन र अमेरिका चकित

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनमाथि रुसले आक्रमण सुरु गरेदेखि पश्चिमी मुलुकहरूले रुसविरुद्ध एक पछि अर्को गर्दै कैयौँ प्रतिबन्ध लगाइसकेका छन् । तर रुसी अर्थतन्त्रले यी प्रतिबन्धलाई असरहरू धेरै हदसम्म झेलेको अन्तर्राष्ट्रिय मुद्रा कोषले बताएको छ ।

आईएमएफका अनुसार युद्धकै कारण विश्वव्यापी बढेको इन्धनको मूल्यले रुसलाई फाइदा भएको छ र जसले अर्थतन्त्रलाई उल्लेख्य भरथेग गरिरहेको छ । रुस विश्वको प्रमुख खनिज इन्धन निर्यातक मुलुक हो ।

युक्रेनमाथिको आक्रमणपछि पश्चिमी शक्तिले रुसलाई विश्वव्यापी वित्त प्रणालीबाट अलगथलग गर्ने र मस्कोलाई युद्ध सञ्चालन गर्ने आर्थिक स्रोत सुकाउने प्रयास गरिरहेका छन् ।

तर अन्तर्राष्ट्रिय मुद्रा कोषले भर्खरै सार्वजनिक गरेको विश्व आर्थिक परिदृश्य रिपोर्टमा यो वर्षको रुसको जीडीपी प्रक्षेपणलाई २.५ प्रतिशतले बढाएको छ ।

तर रुसको सम्पूर्ण आर्थिक परिदृश्य सकारात्मक भने छैन । प्रतिबन्धले जति क्षति हुने सोचेको हो त्यति प्रभाव नपरे पनि यो वर्ष रुसको अर्थतन्त्र ६ प्रतिशतले सङ्कुचित हुने देखिएको छ ।

‘अर्थतन्त्रमा प्रतिबन्धको असर उल्लेख्य नभए पनि ६ प्रतिशतको सङ्कुचन पनि ठूलै मन्दी हो ,’ आईएमएफका प्रमुख अर्थशास्त्री पियरे ओलिभर गोरिन्चासले एएफपीसँग भने ।

रुसको यस्तो नतिजाले अमेरिका र युक्रेन पनि चकित भएका छन् । एएफपीबाट

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal