आज :

बलात्कार मुद्धाको हदम्याद बढ्यो, अब २१ बर्ष पुग्दासमम पुग्दा उजुरी दिए कारवाही

  • अनलाइन डबली

काठमाडौँ । पछिल्लो समयमा बलात्कार मुद्धाको हदम्याद हटाउनु पर्ने माग बढेको छ । सांसहरुले हदम्याद हटाउन प्रस्ताव पेश गरेका थिए । आज बसेको संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिले बलात्कार मुद्दामा तीन बर्षपछि पनि उजुरी दिन पाउने गरी हदम्याद बढाउने निर्णय गरेको छ ।

बालिगको हकमा भने विद्यमान कानुन नै लागु हुनेछ भने नाबालिगको हकमा दुई वर्ष बढाउने समितिमा सहमति जुटेको छ । सहमितअनुसार अब कुनै पनि बलात्कारमा परेका नाबालिगले बालिग भएको (१८ वर्ष पूरा भएको) तीन वर्षपछि अर्थात् २१ वर्षको उमेर हुँदासम्म उजुरी गर्नु पाउनेछन् । बालिगको हकमा घटना भएको दुई वर्षभित्र उजुरी गर्नुपर्नेछ ।

समितिमा केही दिनदेखि यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयकमाथिको छलफल चलिरहेको थियो । छलफलमा सहभागी केही सांसदले हदम्याद हटाउनुपर्ने माग राखेका थिए । प्रतिनिधिसभा बैठकमा भएका छलफलमा समेत केही सांसदले हदम्याद हटाउनुपर्ने धारणा राखेका थिए । महिला अधिकारकर्मीले पनि हदम्याद हटाउनु माग गर्दै आएका थिए ।

थुनामा रहेको वा अपहरणमा रहेको अवस्थामा बलात्कारमा परेको भए थुनामुक्त वा अपहरणमुक्त भएको दुई वर्ष तीन महिनाभित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था गर्न पनि सहमति जुटेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal