आज : २०८२ बैशाख, १८

एकाएक किन रोकियो आज हुने भनिएको हिमालयन र सिभिल बैंकको मर्जर ? यस्तो छ कारण

  • अनलाइन डबली
  • २०७९ अषाढ २४ गते   बिहान ११:४९ बजे

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकबीच शुक्रबार हुने भनिएको मर्जर सम्झौता हाललाई स्थगित भएको छ। शुक्रबारको लागि सम्झौता गर्ने कार्यक्रममा हिमालयन बैंकले केही सञ्चारकर्मीलाई निमन्त्रणासमेत गरिएको थियो।

तर, सिभिल बैंकले कर्मचारी समायोजन, सञ्चालक समिति जस्ता कुरा पनि टुंग्याएर मात्रै सम्झौता गर्ने बताएपछि आज हुने भनिएको कार्यक्रम स्थगित भएको हिमालयन बैंकका एक सञ्चालकले जानकारी दिए ।

मर्जरपछि छलफलभन्दा सहमति भएन भने के गर्ने भन्दै अहिले नै सबै कुरा मिलाएर सम्झौता गरौं भनेर आज हुने भनिएको सम्झौता स्थगित भएको हिमालयन बैंकका ती सञ्चालकले बताए ।

‘हामी मर्जरको छलफलमा नै छौं, मर्जरको सम्झौताको प्रयास भइरहेको छ, सबै कुरा मिलेपछि मात्रै सम्झौता गरौं भनेर आजको निर्धारित एमओयू गर्ने कार्यक्रम स्थगित भएको हो,’ उनले भने ।

यसैबीच नेपाल एसबीआई बैंकले बिहीबार आफ्नो २९ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले बैंकको उपलब्धिको बारेमा प्रकाश पारे ।

उनले बैंकको दीगो प्रगती कायम राख्न व्यक्तिगत जिम्मेवारी लिनुपर्नेमा पनि जोड दिए । त्यसैगरी बैंकका डेपुटी सीईओ तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले बैंकको उपलब्धिमा योगदान पुर्‍याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिँदै यसरी नै निरन्तरता दिन आग्रह गरे ।

प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्तले सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे । यसका साथै, बैंकले भर्चुअल साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरेको थियो जसमा सबै शाखा कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो र आफ्नो प्रतिभा प्रदर्शन गरिएको थियो ।

बैंकले ९१ शाखा, २१ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, ९ शाखारहित बैंकिङ सेवा, १२९ एटिएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
onlinedabali@gmail.com
dabalinews@gmail.com

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal