काठमाडौं । आज असार १५ गते । सरकारले सधैं आजकाे दिनमा धान दिवस मनाउँदै आएको छ । धान दिवस मनाउन लागेको १९ बर्ष भयो । आज पनि १९ औं राष्ट्रिय धान दिवस आज मनाइँदै छ । यो बर्षको नारा ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ तय गरिएको छ । यो नारामै सिमित हुने गरेको किसानको गुनासो बढ्दै गएको छ ।
यसपालि केही क्षेत्र बाहेक अन्य क्षेत्रमा समयमै बर्षा भएको कारण किसान हर्षित छन् । धेरै क्षेत्रमा असार १५ भन्दा पहिले नै रोपाई सुरु भइसकेका थिए भने पहाडी क्षेत्रका केही ठाउँमा राेपाइँ गरेर सकिएको छ ।
वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेको थियो । नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो । आज किसानहरुले असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै आज धान रोप्ने गर्छन् ।
आज दही च्युरा समेत खाने चलन छ । असार १५ लाई नेपाली समाजमा दही च्युरा दिनको रुपमा समेत लिइन्छ । दिवस मनाउन लागेको १९ वर्ष भएपनि दिही च्युरा भने परम्पराबाट खाँने चलन रहेको बुढापाकाहरु बताउँछन् । दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
सरकारले आयोजना गर्ने कार्यक्रमलाई औपचारिकताको लागि मनाइने भएपनि उत्पादन बढाउने गरी कार्यक्रम नल्याएको किसानहरुले गुनासो गर्दै आएका छन् । मन्त्रीहरुले गमलामा धान राेपेको, खेतबारीमा गएर अश्लील हर्कत गरेका कारण आजको दिनमा गरिमा घटेको बताइन्छ ।
त्यस्तै सामाजिक संजामा फोटो पोष्ट गर्नकै लागि आज खेतबारीमा जाने चलनले पनि किसानालाई गिज्याउने गरेको छ । मन्त्री, पार्टीका नेताहरु र आजको दिनलाई उत्पादनमा जोड दिने भन्दा पनि सामाजिक संजालमा पोष्ट्याउने दिनको रुपमा मनाउँदै सामाजिक उश्रृंख बढाएको गुनासो बढ्दो छ । यो प्रवृतिका कारण धान दिवस नारामै सिमित रहेको छ ।
आजको दिन आउँदा तत्कालिन कृषि मन्त्री हरि पराजुलीले खेतबारीमा गरेको हर्कत र हरिबोल गुजुरेलले गमलामा धान रोपेको दृश्यले किसानलाई गिज्याउने गरेको छ ।