काठमाडौँ । नेटोले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई शिखर सम्मेलनमा बोलाए लगत्तै रुस र चीनका राष्ट्रपतिबीच वार्ता भएको छ । स्पेनको मड्रिडमा हुन लागेको शिखर सम्मेलनमा सम्बोधनको लागि जेलेन्स्कीलाई निम्ता दिइएको छ ।
अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले जेलेन्स्कीलाई व्यक्तिगत रूपमा उपस्थित हुन वा भर्चुअल माध्यमबाट सम्बोधन गर्न निम्तो दिएका हुन । युक्रेनमा रुसले गरेको सैन्य कारवाहीलाई मुख्य एजेण्डा बनाएर नेटोले यही असार १५ र १६ गते को आगामी शिखर सम्मेलन गरेको छ ।
नेटोले जेलेन्स्कीलाई शिखर सम्मेलनमा निम्ता गरेसँगै विवाद र बहससँबीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी चिनपिङबीच बुधवार फोनवार्ता भएको चिनियाँ सञ्चारमाध्यमहरूले समाचार सम्प्रेशरण गरेका छन ।
पुटिन र सीबीच सार्वभौमसत्ता र सुरक्षाका विषयमा पारस्परिक सहयोग कायम राख्ने विषय कुराकानीको क्रममा उठेको बताइएको छ । गत फेब्रुअरी महिनामा चीन र रुसले सहकार्यको कुनै वर्जित क्षेत्र नरहेको र दुई देशको मित्रता अटुट रहेको घोषणा गरे अनुसार आगामी दिनहरुमा मिलेर अघि बढ्ने वार्ताको क्रममा सहमति भएको बताइएको छ ।
जेलेन्स्कीलाई नेटोको शिखर सम्मेलनमा बोलाए लगत्तै पुटिन र सीबीच भएको वार्तालाई विश्व राजनीतिमा अर्थपूर्ण रुपमा हेरिएको छ । पश्चिमा देशहरुले युक्रेनलाई थप सहयोग गरे आवश्यक परे रुस र चीनले मिलेर त्यसको प्रतिवाद गर्ने बारे पनि दुई नेताबीच भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले समाचार सम्प्रेशरण गरेका छन् ।
नेटाेले जेलेन्स्कीलाइ शिखर सम्मेलनमा बाेलाएपछि रूसले युक्रेनमा थप हमला गर्ने अनुमान गरिएकाे छ । अहिलेसम्म नेटाेकै सहयाेग कारण रूससँग लडिरहेका जेलेन्स्कीलाइ शिखर सम्मेलनले थप सहयाेग गर्ने बताइएकाे छ ।
केही दिन पहिले मात्रै जेलेन्स्कीले हतियार गाेदाम खाली भएकाे भन्दै थप सहयाेगकाे अपील गरेका थिए । उनले अहिलेसम्म दिइकाे भन्दा ठूलाे संख्यामा हतियार मागेपछि अमेरिका र नेटाे देशहरूले त्यसबारे नयाँ छलफल सुरू गरेका थिए । ्र
अमेरिका राष्ट्रपति जाे बाइडन पनि जेलेन्स्कीसँग विस्तारै असन्तुष्ट बन्दै गएका छन् । बाेइडनले सहयाेग गरेअनुसार रूसी सेनालाइ पछि धकेल्न नसकेकाे भन्दै जेलेन्स्की र युक्रेनी सेनाप्रति असन्तुष्ट बन्दै गएकाे बताइएकाे छ ।