आज :

रुसले टी यू २२ एम ३ बिमान युक्रेन पठायो, एकै पटक दर्जनौं मिसाइल हमला गर्न सक्छ

  • अनलाइन डबली

काठमाडौँ । रुसले युक्रेनमा नयाँ युद्धक विमान पठाएको छ । यसले एकै पटक दर्जनौं मिसाइल हमला गर्न सक्ने बताइएको छ । रुसी वायु सेनाको टी यू २२ एम ३ विमान युक्रेनमा पठाएको हो । रुसको रक्षा मन्त्रालयले एक भिडियो जारी गर्दै टी यू २२ एम ३ विमान उडाएको देखाएको छ ।

यो विमानसँग अमेरिकासहित शक्तिशाली देशहरु पनि डराउछन् । यससँग नेटो सेना पनि निकै डराउछ । नेटो सेनाले यसको नाम नै ब्याकफायर राखेको बताइएको छ ।

यो विमान प्रतिघण्टा २ हजार ३ सय किलोमिटर उड्छ सक्छ । यसले आवश्यकता अनुसार हावामै इन्धन पनि भर्न सक्छ । यो विमान विना रोकतोक अमेरिकासम्म उडान भर्न सक्ने भएकोले सबै तर्सिने गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् ।

यो विमानलाई विरोधी सेनाको रडार सिस्टमले पनि भेटाउन सक्दैनै । यही कारण पनि विश्वमा यो विमानको निकै चर्चा हुन्छ र नाम सुन्ने बित्तिकै तर्सिन्छन् । यो विमान युक्रेन कारवाहीमा रुसले पठायो भने अहिलेको जारी युद्धको चाडै अन्त्य हुन सक्ने बताइएको छ ।

तर, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने यो विमानको यसअघि मारियोपोलमा प्रयोग भइसकेको बताएका छन् । यही विमानकै सहयोगमा रुसी सेनाले मारियोपोल कब्जामा लिएको बताइएको छ । रुसले भने यसअघि युक्रेनमा यो विमानको प्रयोग भए नभएको बारे केही बताएको छैन ।

रुसले बनाएको नयाँ मिसाइल के–२२ पनि यसै बिमानमा तैनाथ गरिएको छ । यो मिसाइल प्रयोगबाट अमेरिका, बेलायतसहित नेटो देशहरु त्रसिद हुन्छन् । के–२२ मिसाइल सोभियत युगमा एमकेबी रुडुगा द्वारा निर्मित थियो । यो लामो दूरीको एन्टी–शिप मिसाइल हो । जुन अमेरिकी विमान वाहकहरूलाई नष्ट गर्न डिजाइन गरिएको थियो ।

यो क्षेप्यास्त्रले परम्परागत र आणविक वारहेडले आफ्नो लक्ष्यमा प्रहार गर्न सक्छ। हावाबाट सतहमा मार हान्न सक्ने मिसाइल भएकाले यसलाई लडाकु विमान र बमवर्षकबाट प्रहार गर्न सकिन्छ । क्षेप्यास्त्रले प्रतिघण्टा ५ हजार ६ सय किलोमिटरको गतिमा उड्न सक्ने र ६ सय किलोमिटरको दुरीमा रहेका दुश्मनका युद्धपोतहरूलाई ध्वस्त पार्न सक्छ । रुसले यो मिसाइल सन् १९६० को दशकमा अमेरिकाको आणविक शक्तिबाट चल्ने विमानवाहक वाहनलाई डुबाउनको लागि उत्पादन गरिएको थियो ।

के–२२ टुमानस्की तरल इन्धन रकेट इन्जिनद्वारा संचालित छ । यस इन्जिनको कारण के–२२ मिसाइलले म्याच ४.६ को अधिकतम गतिमा ६०० किलोमिटरको दूरीमा प्रहार गर्न सक्छ । यसलाई उच्च उचाइ र कम उचाइबाट प्रक्षेपण गर्न सकिन्छ ।

उच्च उचाइमा, यो मिसाइलले लगभग म्याच ४.६ को टर्मिनल गतिको साथ २७००० मिटरको उचाइबाट लक्ष्यमा प्रहार गर्न सक्छ। कम उचाइमा, यो मिसाइल १२,००० मिटरको उचाइबाट प्रहार गर्न सकिन्छ ।

अगस्ट २०१६ मा रुसले केएच–३२ क्रुज मिसाइल निर्माण गर्न यो मिसाइललाई अपग्रेड गरेको थियो । यो नयाँ मिसाइल रुसको नयाँ बम्बर टी यू २२ एम ३ विमानमा तैनाथ गरिएको छ । एउटा मिसाइलको तौल ५,८२० किलोग्राम छ । के–२२ मिसाइलको लम्बाइ ११.६५ मिटर र व्यास ९२ सेन्टिमिटर छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal