काठमाडौँ । यस वर्षको शुरुदेखि नै सरकारी फौजले भारत प्रशासित काश्मिरमा भएका सशस्त्र भिडन्तमा १०० विद्रोहीको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।
प्रहरीले सोमबार जारी गरेको संक्षिप्त वक्तव्यमा भनिएको छ, “यस वर्ष पाँच महिना १२ दिनमा विभिन्न सशस्त्र भिडन्तमा १०० जना आतङ्ककारी मारिएका छन् ।”
प्रहरीकाअनुसार गत वर्षको सोही अवधिमा मारिएका विद्रोहीको संख्याभन्दा यो सङ्ख्या दोब्बर हो । आइतबार प्रहरीले त्यस क्षेत्रमा दुई अलग–अलग भिडन्तमा चार विद्रोहीको मृत्यु भएको जनाएको छ ।
भारत नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगर शहरमा एकजना विद्रोहीको गोली लागी मृत्यु भएको छ भने दक्षिणी पुलवामा जिल्लामा अन्य तीन जनाको मृत्यु भएको छ ।
प्रहरीकाअनुसार, यीमध्ये अधिकांश कारबाही विद्रोहीहरूको उपस्थितिको संकेत दिने पूर्व विशिष्ट गुप्तचर जानकारीको आधारमा गरिएका थिए ।
भारत र पाकिस्तानबीच विभाजित हिमालय क्षेत्र काश्मिर दुवैले पूर्ण दावी गरेका छन् । बेलायतबाट स्वतन्त्र भएदेखि यी दुई देशले तीनवटा युद्ध लडेका छन् । तीमध्ये विशेषगरी दुईवटा कश्मीरी क्षेत्रमा लडेका छन् ।
यसैबीच अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तको प्रहरीले तीन जना बन्धककाे उद्धार गरेको छ भने तीन जना अपहरणकारीलाई पक्राउ गरेको छ ।
प्रान्तीय प्रहरीले सोमबार जनाएअनुसार “गुप्तचर सूचनाको आधारमा कार्य गर्दै, नान्गाहार प्रहरीले तीन जना बन्धकहरूलाई मुक्त गरेको र प्रान्तको मोहमन्द दारा र बाटी कोट जिल्लाहरूमा भर्खरै दुईवटा पुलिस अपरेशनहरू पछि तीन अप’हरण’कारीहरूलाई पक्राउ गरेको प्रान्तीय प्रहरी विभागले उल्लेक गरेको छ ।
अनुसन्धान भईरहेको उनले जनाएका छन् । तालिबान नेतृत्वको कार्यवाहक सरकारले हालै देशमा कानून र व्यवस्था सुनिश्चित गर्नका लागि बन्दीहरूमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।