काठमाडौँ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटना भएको छ । दुर्घटनामा परि उनी गम्भीर घाइते बनेकी छिन ।
दुर्घटनामा घाइते भएकी रेनु दाहालको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ । उनको हाल ललितपुरको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ।
उनको टाउकोमा चोट लागेपछि टाँका लगाइएको र अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ । उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडी शुक्रबार जावलाखेलमा दुर्घटना भएको थियो ।
टायर पञ्चर भएर गाडी बिजुलीको पोलमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट गाडीको एक भागमा नराम्ररी क्षति पुगेको छ ।
गाडी गुल्मी घर भइ ललितपुरको हात्तीवन बस्ने अनिल कुमार पाठकले चलाएका थिए । दाहाल केहिदिन अघि मात्रै पुन: भरतपुरको मेयर बनेकी थिइन ।
भरतपुर महानगरपालिकाको मेयरको पदभार ग्रहणपछि उनी काठमाडौँ आएकी थिइन् । उनी काठमाडौं आएर खुमलटारमा बस्दै आएको बताइएको छ ।