आज :

काठमाडौंमा केशव स्थापितलाई सिर्जनाले उछिनिन्, केछ बालेनको अवस्था ? यस्तो छ ताजा अपडेट

  • अनलाइन डबली

काठमाडौं । काठमाडौं महानगरपालिकाका जारी मतगणनामा पहिलो स्थानमा स्वतन्त्र उम्मेदवार बालेन शाह (बालेन्द्र साह) को अग्रता कायमै रहेपनि दोस्रो स्थानमा भने एमालेका उम्मेदवार केशव स्थापित र काँग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

केशव स्थापितले जारी मतगणनामा अग्रता लिँदै आएकोमा शनिबार दिउँसोको ताजा मतपरिणामअनुसार सिर्जनाले अग्रता लिएकी छन् ।
मेयरका उम्मेदवार स्थापितले १७ हजार ६७८ मत पाउँदा सिर्जनाले १७ हजार ७०२ मत पाएकी छन् । सिर्जनाले २४ मतले अग्रता बनाएकी हुन् ।

यसैगरी स्वतन्त्र उम्मेदवार बालेन शाहले ३२ हजार ९७८ मत पाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणनामा समावेश वडाहरुमा १ देखि १० र २४ देखि ३२ नम्बर सम्मका रहेका छन् । यस्तै हालसम्म परिणाम घोषणा भएका वडाहरुमा १ देखि ६ तथा ८, २८ र २९ नम्बर रहेका छन्।

यस्तै काठमाडौं महानगरपालिकाको उपमेयर पदमा एमालेकी उम्मेदवार सुनिता डंगोलले विशाल अग्रता बनाएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वीले भन्दा २१ हजार बढीको मतान्तर बनाएकी हुन् ।

शनिबार दिउँसो २ बजेको आधिकारिक मतगणना अपडेटअनुसार सुनिताले ३२ हजार ६१५ मत पाएकी छन् । यस्तै सत्ता गठबन्धनको तर्फबाट उपमेयरको उम्मेदवार बनेका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११ हजार २७३ मत पाएका छन् ।

यी दुई उम्मेदवारबीचको मतान्तर २१ हजार ३४२ मत रहेको छ । यस्तै राप्रपाका उपमेयरका उम्मेदवारले पनि एक्लै ५ हजार ८२० मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

ललितपुर महानगरपालिकाको मतगणना जारी रहेको छ । शनिबार दिउँसो पौने २ बजेको अध्यावधिक विवरणअनुसार मेयरका उम्मेदवार चिरिबाबु महर्जनले २५ हजार मत कटाएका छन् ।

उनले २५९८१ मत पाउँदा एमालेका मेयर पदका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले१५०३७ मत पाएका छन् । यस्तै उपमेयरका उम्मेदवार मञ्जली शाक्यले मत पाउँदा १४६१० बाबुराज बज्राचार्यले ९६९६ मत पाएका छन् ।

उता २०७४ सालको स्थानीय निर्वाचनमा २४ प्रतिशत मत बदर भएको विराटनगर महानगरपालिकामा यस पटक उक्त प्रतिशत झनै बढेको छ । यस पटकको निर्वाचनमा विराटनगरमा प्रमुख पदमा लगभग २४ प्रतिशत मत बदर हुँदा उपप्रमुख पदमा भने ३८ प्रतिशत मत बदर भएको छ ।

यस पटक उपप्रमुखमा यति धेरै मत बदर हुनुमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवारी नदिनु हो भने प्रमुखमा बदर हुनुमा जसपा र माओवादी केन्द्र चुनाव चिन्ह भएर पनि उम्मेदवारी नहुनु हो ।

तथ्याङ्क अनुसार प्रमुख पदमा सदर मत ६८ हजार ०३६ रहेको छ भने उपप्रमुखमा सदर मत ५५ हजार २२९ रहेको छ । यस्तै प्रमुख पदमा बदर मत मात्रै २१ हजार ३५८ रहेको छ भने उपप्रमुखमा ३४ हजार १६७ मत बदर भएको छ ।

सबैभन्दा बढी प्रमुख तथा उपप्रमुखमा बदर भएको मत वडा नम्बर ६ मा छ । वडा नम्बर ६ मा मात्रै उपप्रमुखमा ३ हजार ८ सय ७ मत बदर भएको छ भने प्रमुखमा १ हजार ९ सय ६५ मत बदर भएको छ ।

सबैभन्दा कम बदर भएको वडा भनेको ७ नम्बर वडा हो । यस वडामा प्रमुखमा ३ सय ९८ र उपप्रमुखमा ९७८ मत बदर भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal