आज :

झलनाथ खनालको निर्वाचन क्षेत्र सूर्योदय नगरपालिकाको मतपरिणाम सार्वजनिक

  • अनलाइन डबली

इलाम । इलामको सूर्योदय नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) विजयी भएको छ। नेकपा एकीकृत समाजवादीका रनबहादुर राई मेयरमा निर्वाचित भएका हुन्। उनले १२ हजार ४ सय ३१ मत ल्याएका छन्।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका काजीमान कागतेले १० हजार ५ सय ७९ मत ल्याए। त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका दुर्गाकुमार बराल विजयी भएका छन्।

उनले ११ हजार ८ सय ५१ मत ल्याएका छन्। दोस्रोमा रहेकी नेकपा एमालेकी उम्मेदवार दुर्गादेवी भट्टराईले ९ हजार १ सय २२ मत ल्याइन्। यो नगरपालिकामा नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसबीच गठबन्धन भएको थियो।

यो नगरपालिका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्छ। यो सँगै १० पालिका रहेको इलामको सबै पालिकाको नजिता आइसकेको छ।

जसमा नेकपा एमालेले ५ वटा पालिकामा प्रमुख पद जित्दा नेपाली कांग्रेसले ४ र नेकपा एकीकृत समाजवादीले १ पालिकामा प्रमुख पद जितेका छन्। ६ महानगरमध्ये विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका नागेश कोइराला विजयी भइसकेका छन्। अन्यमा मतगणना जारी छ।

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहेका छन्। निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार ८२ हजार ९२१ मतगणना हुँदा शाहले ३१ हजार १५ मत प्राप्त गरेका छन्।

बालेनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितले १६ हजार ५ सय २७ मत पाउँदा कांग्रेसकी सिर्जना सिंहले १६ हजार २ सय २४ मत प्राप्त गरेकी छन्।

यस्तै भरतपुर महानगरमा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार बनेकी माओवादी नेत्री रेनु दाहालले अग्रता कायमै राखेकी छन्। उनले नेकपा एकालेका विजय सुवेदीसँग मतान्तर ४ हजारको हाराहारीमा कायम राखेकी छन्।

पछिल्लो मत परिणाम अनुसार रेनुको मत २४ हजार ६ सय ६० आउँदा उनलाई एमालेका विजयले २० हजार ६ सय ६३ मतसहित पछ्याइरहेका छन्। यहाँ स्वतन्त्रबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ८ हजार ८ सय ४० मत ल्याएका छन् ।

यस्तै ललितपुर महानगरपालिकाको मेयरका लागि जारी मतगणनामा गठबन्धनको साझा उम्मेदवार बनेका कांग्रेसका चिरीबाबु महर्जनले आफ्नो मतान्तर फराकिलो बनाएका छन्।

पछिल्लो मतगणना अनुसार महर्जन आफ्ना निकटतम प्रतिद्वन्द्वी भन्दा ९ हजार ६ सय ९६ मतले अगाडि छन्। महर्जनले २२ हजार ८ सय २० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेबाट प्रत्यासी बनेका हरिकृष्ण ब्यञ्जनकार १३ हजार १ सय २४ मत पाएका छन् ।

उपमेयरतर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट उम्मेदवारी दिएकी मन्जली शाक्य बज्राचार्यले १२ हजार ९ सय ४ मत पाएर आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रत्यासी बाबुराज बज्राचार्य भन्दा ३ हजार ७ सय २७ मतले अगाडि छिन्। माओवादी उम्मेदवार बज्राचार्यले ९ हजार १ सय ७७ मत प्राप्त गरेका छन्।

स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् ।

पोखरा महानगरको जारी मतगणनामा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले २९ हजार ८०७ मत प्राप्त गरे।

उनलाई नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले २६ हजार ३७५ मतसहित पछ्याइरहेका छन्। राप्रपाका मेयर उम्मेदवार शंकर खरालले ३१४५ मत पाउँदा स्वतन्त्र उम्मेदवार खड्कराज पौडेल (गनेश)ले १९६६ मत पाएका छन्।

त्यसैगरी उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदबार कोपिला रानाभाटले ३० हजार २ सय ६० मत पाउँदा एमालेका मञ्जुदेवी गुरूङले ३० हजार १ सय ७६ मत प्राप्त गरेकी छन्।

यस्तै विरगन्ज महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन्। गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका जसपा नेता राजेशमान सिंहले हालसम्म २४ हजार ३१६ मत पाएका छन्।

उनलाई नेकपा एमाले-लोसपा गठबन्धनका विजय सरावगीले पछ्याइरहेका छन्। पूर्वमेयर समेत रहेका सरावगीले १२४८९ मत पाएका छन्। यस्तै राप्रपाका उम्मेदवार गिरिश गिरीले १४८७ मत पाएका छन्।

यस्तै उपमेयरमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार इम्तियाज आलमले १७०७५ मतका साथ अग्रता कायम राखेका छन्। लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले भने ३७७४ मत पाएका छन्।

उपमेयरमै राप्रपाका उम्मेदवार बिना जैसवालले २६३९ मत पाएकी छन्। ३२ वडा रहेको वीरगन्ज महानगरपालिकामा शुक्रबार भएको मतदानमा ७३ प्रतिशत अर्थात ९४ हजार ६ सय मत खसेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

सबै

काभ्रेपलाञ्चोक । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले संविधान र लोकतान्त्रिक अभ्यासअनुसार तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने बताएका छन् । आज काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाको अवलोकनका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले निर्वाचनका लागि सरकारले वातावरण बनाएको र राजनीतिक दलहरुपनि त्यसतर्फ होमिएको बताएका हुन् । निर्वाचनका विषयमा कुनै पनि किसिमको अन्योल नरहेको भन्दै सञ्चारमन्त्री खरेलले देशमा राजनीतिक स्थिरता र लोकतन्त्रको सुदृढीकरणका लागि समयमै निर्वाचन हुनु अत्यन्त आवश्यक रहेको उल्लेख गरे । निर्वाचन प्रक्रियाप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले स्पष्ट पारे । सञ्चारमन्त्री खरेलले भने, ‘निर्वाचनको वातावरण बनाउन सरकारले मंगलबार र बुधबार नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीसँग उनीहरुकै कार्यालयमा पुगेर छलफल र अन्तरक्रिया गरिएको छ । राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुसहितको बैठक पनि भएको छ । यसले निर्वाचनको वातावरण सुनिश्चित गरेको छ । दलहरु निर्वाचनका लागि तयार छन् । सरकारले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ ।’ पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले सङ्घ, प्रदेश र स्थानीत तहको समन्वय र सहकार्यलाई फराकिलो बनाएर विकास र समृद्धिको यात्रामा सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी, बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । यसैबीच मन्त्री खरेलले धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने खरेलथोक स्वारामा प्रत्येक वर्ष हुने कुलपूजा तथा विविध धार्मिक कार्यक्रमलाई सम्वोधन गरे । सो अवसरमा मन्त्री खरेलले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा सरकारको विशेष ध्यान रहेको बताउँदै स्थानीय समुदायले खेलेको सक्रिय भूमिकाको प्रशंसा गरे । उनले यस्ता धार्मिक–सांस्कृतिक गतिविधिले सामाजिक एकता र मौलिक पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे ।

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal