आज :

विप्लव र प्रकाण्डको वडामै विप्लव नेकपाका उम्मेदवार लज्जाजनक पराजित, अछाममा पनि धरौटी जफत

  • अनलाइन डबली

काठमाडौँ । चर्को विवादतबीच चुनाव उपयोगको पक्षमा उभिएको विप्लव नेतृत्वको नेकपाले नराम्रोसँग हार खानु परेको छ । पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रबक्ता खड्कबहादुर विश्वकर्माको वडामै नेकपाले उठाएका उम्मेदवारले नराम्रो हारको सामना गर्नु परेको हो ।
महासचिव विप्लवको घर र पार्टीको केन्द्रीय कार्यालय रहेको कपिलबस्तुको शिवगढी र कालिकोटको माल्कोटमा विप्लव नेकपाले उठाएका उम्मेदवार पराजित भएका छन् ।

केही दिन पहिले प्रबक्ता बिकले आफूले सबै पार्टी एकातिर भएपनि कालिकोटमा चुनाव जित्ने अभिव्यक्ति दिएका थिए । तर, चुनावको सुरुदेखि मतदानसम्म पनि माल्कोटमै रहेका प्रकाण्डले वडामै आफ्ना उम्मेदवारलाई जिताउन सकेनन् । साविकको माल्कोट अर्थात प्रकाण्डको वडामा नेकपा माओवादी केन्द्रको उम्मेदवार विजयी भएका छन् । नेपकाले स्वातन्त्र उम्मेदवारको रुपमा कट बिक, अखडालाई अगाडि सारेको थियो । माओवादी केन्द्रका उम्मेदवार पौरख बिकले ३३६ मतले अखडालाई पराजित गरेका छन् ।

त्यसैगरी नरहरी गाउँपालिकाको अध्यक्षमा विप्लव नेकपाले केन्द्रीय सदस्य एटम बिसीलाई उम्मेदवार बनाएको थियो । तर उनले प्रतिस्पर्धा नै गर्न सकेनन् । वडा नम्बर १, ४, ५, ६ र ७ मा विप्लव नेकपाले नेपाली कांग्रेसलाई सहयोग गरेको थियो भने पालिकामा बिसीलाई सहयोग मागेको थियो । तर, काँग्रेसकै कार्यकर्तालाई यो सहमतिलाई अस्वीकार गरेका थिए ।

नरहरिनाथको पछिल्लो मत परिणाम अनुसार अब २ मात्र बाकि छ अरु सबै वडामा मत परिणाम आइसकेको छ । जस अनुसार वडा न क्रमश १ माओवादी केन्द्रका जगत बिष्टले ३५१ मत ले बिजयी बने भने विप्लवका शेरबहादुर बिष्ट २०० मत पाए ३ न वडामा माओवादीकै कटक बुढा ५०३ मत प्राप्तगरी बिजयी बने भने विप्लवका गणेश बुढाले ११ मत पाए । यो वडा नेकपा उम्मेदवार बिसीको वडा हो । वडा नम्बर ४ मा एमालेका नन्दराम सहकारीले ३६६ मत ले जिते भने विप्लवका बिन्दमान सहकारीले २०० मत मात्रै पाए ।

त्यस्तै, ५ मा माओवादीकै स्वतन्त्र उम्मेदवार मान बहादुर सहकारी जिवनले बिजय प्राप्त गरे । त्यस्तै रुप्सा विप्लव नेकपाले सहयोग गरेका स्वतन्त्र उम्मेदवारले जितेका छन् । वडा न ९ मा एमालेका प्रदिप बोहोराले ४४२ मतले जिते भने विप्लवका नौले बिक सागरले ७ मत प्राप्त गरे यस्तै वडा न ८ मा माओवादी केन्द्रका लालबहादुर बिष्टले ४८८ मतका साथ जिते भने विप्लव नेकपालका जगदिश योगीले २८ मत मात्रै पाए । यस्तै, हाल २ नम्बर वडाको मत गणना सार्वजनिक भइसकेको छैन ।

यो समाचार तयार पार्दासम्म नरहरीनाथ गाउँपालिकामा मत परिणाममा विप्लव नेकपाका उम्मेदवार बिसीले ९ सय मत मात्रै ल्याएर सबैभन्दा पछाडि परेका छन् ।

त्यसैगरी महासचिव विप्लवको घर भएको शिवराज नगरपालिका वडा नम्बर ९ मा पनि विप्लव नेकपाका उम्मेदवार माओवादी केन्द्रका उम्मदवारसँग पराजित भएका छन् । वडा नम्बर ९ को अध्यक्षमा माओवादी केन्द्रका राम गोपाल चौधरी (थारु) ले ७ सय ८२ मत ल्याएर निर्वाचित भएका हुन । थारुका प्रतिस्पर्धी नेकपा एमालेका अशोक मल्लले ५ सय ५६ मत प्राप्त गरे ।

त्यसैगरी विप्लव नेकपाबाट स्वतन्त्र उम्मेदवारी दिई पुतली चुनाव चिह्नबाट माल बहादुर घर्तिमगरले प्रतिस्पर्धा गरेका थिए । उनले ५ सय १७ मत प्राप्त गरी तेस्रो भए । वडा सदस्य तर्फ माओवादी केन्द्रका जोख बहादुर पुन र राम नरेश थारुले निर्वाचन जित्दा विप्लवका स्वतन्त्र उम्मेदवार रमेश चौधरी र विजयविक्रम शाह तेस्रो भए ।

त्यसैगरी माओबादी केन्द्रकी लक्ष्मी भट्टराईले महिला सदस्य जित्दा विप्लव नेतृत्वको नेकपाकी स्वतन्त्र उम्मेदवार सविता कुमारी घर्ति दोस्रो बनिन् ।

दलित महिला सदस्य तर्फ माओवादी केन्द्रकै सरिता विकले चुनाव जित्दा एमालेकी फुलमाया सुनार दोस्रो र नेकपाकी स्वतन्त्र उम्मेदवार शान्ति दमाई तेस्रो भइन् ।

यो नगरपालिकामा विप्लव नेकपाका पुराना र पाका नेता भेषराज भुसाल चुनावी प्रतिस्पर्धामा रहेका छन् । तर, उनले हार्ने निश्चित जस्तै भएको बताइएको छ । पार्टीको पक्षमा जनमत रहेको भन्द्र चुनावमा होमिएको विप्लव नेकपाले ठूलो धक्का खाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal