काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा स्थिरता आएको छ, चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार कारोबार भएको रकम नै बुधबार पनि कायम हुँदै छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ।
बुधबार सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार प्रतितोला १ हजार ३७० रुपैयाँमा खरिद बिक्री भएकोमा बुधबार १० रुपैंयाले घटेर प्रतितोला १ हजार ३६० रुपैंया कायम भएको हो ।