काठमाडौं । केहीमै पूर्व राष्ट्रपति हुन लाथेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर खाता सधैंको लागि बन्द हुने भएको छ । सामाजिक सञ्जाल ट्वीटरले ट्रम्पको खाता स्थायीरुपमा बन्द गर्ने निर्णय गरेको हो ।
विभिन्न व्यक्ति वा संस्थामाथि त्यही खाताबाट ट्रम्पले आरोप र घृणा तथा हिं.सा फैलाउँदै आएका थिए । पछिल्लो पटक अमेरिकी संसदमाथि हमला गर्न लगाएसँगै ट्वीटरले ट्रम्पले हिं.सालाई उकास्ने खतरा रहेको भन्दै ट्रम्पको ट्वीटर खाता स्थायीरुपमा निलम्बन गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
चुनावी परिणामलाई औपचारिकता दिने कार्यक्रम अवरोध गर्ने गरी ट्रम्पका समर्थकहरूले बुधबार अमेरिकी संसदमै ह मला गरी मानिसहरूको ह.त्या गरेका थिए । घटनापछि ट्रम्पको खातामा १२ घण्टे प्रतिबन्ध लगाएको ट्वीटरले ट्रम्पको खाता स्थायी रुपमा निलम्बन गरेको हो ।
यसैबीच अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको पद तथा गोपनीयताको शपथ कार्यक्रममा राष्ट्रपति डोनाल्ड ट्रम्प अनुपस्थित हुने भएका छन् । ट्रम्पले ट्वीट गर्दै यस्तो जानकारी दिनुभएको हो । संसद हमलाको घटना लगत्तै सामाजिक सञ्जालहरूमा ट्रम्पमाथि प्रतिबन्ध लागेको थियो ।
१२ घण्टापछि ट्वीटरले प्रतिबन्ध हटाएलगत्तै ट्रम्पले शान्तिपूर्ण ढंगले सत्ता हस्तान्तरण हुने लेखेका थिए । त्यसपछि अर्को ट्वीटमा आफू जनवरी २० मा आयोजना हुने शपथमा आफू सहभागी नहुने जानकारी ट्रम्पले गराएका थिए ।