आज :

संसदवादी र प्रतिगमनकारी उस्तै हुन्, अबको आन्दोलन् जनगणतन्त्रको लागिः माओवादी नेता गजुरेल

काठमाडौं । नेकपा (क्रान्तिकारी–माओवादी)का वरिष्ठ नेता सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन प्रतिगामी भएपनि त्यसको पुनस्थापनाको लागि नभई अब आफूहरुले जनगणतन्त्रको स्थापनाको लागि लडाइँ लड्ने उद्घोष गरेका छन् ।

मंगलबार राजधानीको संवाद डबलीमा भएको अन्तरसंवाद कार्यक्रममा बोल्दै गजुरेलले मुलतः संसदीय व्यवस्था नै देशका निम्ति अभिसाप  भएको समेत बताएका छन् ।

२३ दलीय मोर्चाको नेतृत्वकर्ता समेत रहेका गजुरेलले नेपालीभूमिमा बारम्बार हुने आन्दोलनका उपलब्धिहरु खेर जानु र पुनः देश अस्थिरतामा जानुको मुल कारण नै संसदीय व्यवस्था रहेको बताए । उनले एकथरीले प्रतिगमनको कदम चाल्ने र अर्को थरि त्यसको विकल्प संसद पुनःस्थापनाको लागि तत्पर, दुबैथरिबाट जनता प्रताडित बाहेक केही नहुने बताउँदै भने,“ओलीले प्रतिगमन गरे त्यसको विरुद्धमा शक्तिको बाघडोरमा जान प्रचण्ड तयार छन्, उनि नभए माधब नेपाल ती नभए देउबा जो भएपनि जनताले के पाउने त्यो भन्दा यो व्यवस्थाकै खारेजमा जानु उचित छ ।”

नेता गजुरेलले अहिले सत्तासिन दलमै ठूलो संकट र विभाजन आएको छ, यो अवस्थामा एकले अर्कोलाई कारबाहीको हिलो छ्यापा–छ्यापमा लागेको र दुबै पक्षमा शक्ति र वैधानकिताको चरम लडाई चलेको र यसबेला देश गम्भिर दुर्घटनामा जानसक्ने संकेत पनि गरे । ओलीले आफू सत्ता र शक्तिमा रहनका निम्ति संकटकालको समेत तयारी गरेको खुलासा गरेका छन् । कसैलाई शक्तिमा पुर्याउन फेरी तपाईहरु अर्को आन्दोलन् या संघर्ष भन्दै हुनुहुन्छ जनताले किन लड्ने, भन्ने पत्रकारको प्रश्नमा उनले भने,“हो हामी पनि त्यही भनिरहेका छौं बारम्बार घुमिफिरी संसदिय व्यवस्थाको निम्ति होइन अन्तिम लडाई यो वर्तमान व्यवस्था र जनगणतन्त्रका लागि लडौं भन्ने हो ।”

गजुरेलले थपे ‘अहिले ओलि असफल भन्ने गरिन्छ तर उनि मात्रै होइन सिंगो लोकतानित्रक गणतन्त्र फेल भएको हो, संसदिय व्यवस्थाभित्र देशि–विदेशी शक्तिहरुले खेल्ने र जनविरोधी दलालहरु मोटाउने र पोसिने रक्षाकवज हुन्छ, त्यसको एकमात्र स्थायी निकास जन–गणतन्त्र हो ।’ गजुरेलले आफ्नो पार्टीसहितको २३ दलिय मोर्चाले छिट्टै संघर्षका कार्यक्रम सार्वजनिक गर्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal