आज :

राष्ट्रपति र प्रधानमन्त्रीको जोडीलाई महाअभियोग र अविश्वास प्रस्ताव लगाएर फालौंः डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई अविश्वास प्रस्ताव र महाअभियोग लगाएर हटाउनु पर्ने बताएका छन् ।

भट्टराईले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई जोडी भएको बताएका छन् । उनले यो कायम रहेसम्म लोकतन्त्रकी शीरमाथि तरबार झुण्डिरहने भन्दै हटाउन खुट्टा कमाउन नहुने बताए । डा. भट्टराईले शुक्रबार सामाजिक संजालमा संविधानले व्यवस्था गरेको महाअभियोग र अविश्वास प्रस्तावमार्फत् हटाउन खुट्टा कपाए इतिहासले क्षमा नगर्ने लेखेका छन् ।

‘वर्तमान राष्ट्रपति र प्रमको जोडी कायम रहेसम्म संविधान र लोकतन्त्रको शीरमाथि तरबार झुण्डिरहने कटुसत्य अहिलेसम्मका घटनाक्रमले पुष्टी गरिसके । अब पनि त्यस्तो अनिष्ट रोक्न संविधानले व्यवस्था गरेको महाभियोग, अविश्वासलगायतका हतियार प्रयोग गर्न खुट्टा कपाउनेलाई इतिहासले क्षमा गर्नेछैन है’ सामाजिक सञ्जाल ट्वीटरमा भट्टराई लेखेका छन् ।

पछिल्लो समय संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन संशोधनका लागि अध्यादेश ल्याएपछि प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको आलोचना भइरहेको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal