काठमाडौं । उद्योग, आपूर्ती तथा वाणिज्य मन्त्री लेखराज भट्टले उखु किसानको आन्दोलनप्रति एक्येवद्धता जनाएका छन् । बाँकी भुक्तानीको माग गर्दै शुक्रबार काठमाडौंमा गरिएको विरोध प्रदर्शन स्थलमै पुगेर मन्त्री भट्टले एक्येवद्धता जनाएका हुन् ।
विरोध प्रदर्शनलाई सम्बोधन गर्दै मन्त्री भट्टले किसानको बाँकी भुक्तानीको लागि मन्त्रालयले उद्योगीलाई निर्देशन दिइसकेको बताए । उनले भुक्तानी नगर्ने उद्योगविरुद्ध ठगी मुद्दा चालाउने तयारी भइरहेको भन्दै चाँडो भुक्तानी गरेर कारवाहीबाट बच्न समेत उद्योगीलाई मन्त्री भट्टले सुझाव समेत दिए ।
पटकपटक गरेको सहमतिअनुसार आफूको भुक्तानी नगरेको भन्दै उखु किसानहरुले काठमाडौं केन्द्रीत आन्दोलनको घोषणा गरेका छन् । किसानहरु आजपनि विरोध प्रदर्शन गरेका छन् । भुक्तानी नदिने उद्योगीलाई पक्राउ गरी ठगी मुद्दा चलाउने सम्बन्धित जिल्ला प्रहरीलाई हेड्क्वाटबाट निर्देशन गएको थियो ।
संसदीय समितिले पनि उखु किसानको तुरुन्त भुक्तानी दिने व्यवस्था मिलाउन निर्देशन दिएको थियो । यसैबीच श्रीराम चिनी उद्योगले आजबाट किसानको भुक्तानी सुरु गरेको छ । विहीबार एक विज्ञप्ति जारी गरेर उद्योगले आजबाट किसानको भुक्तानी गर्ने बताएको थियो ।