काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६० हजार नाघेको छ । सोमबार १ हजार ७ सय ४१ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको थियो ।
यो सोमबार दिउँसोसम्मको विवरण हो । मंगलबार विहानसम्म आइपुग्दा संक्रमितको संख्या बढेको छ । त्यसैगरी कोरोना जितेर घर फर्किनेको संख्या सोमबार १ लाख १६ हजार नजिक पुगेको थियो । पछिल्ला दिनहरुमा कोरोनामुक्त हुनेको संख्या पनि बढिरहेको छ । सोमबार ४ हजार ५ जनाले कोरोना जितेर डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको थियो ।
सोमबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ४३ हजार २९३ पुगेको थियो । त्यो संख्या बढेको छ ।
त्यसैगरी कोरोना संक्रमणका कारण ८ सय ६२ जनाको ज्यान गएको छ । सोमबार थप १५ जनाको ज्यान गएसँगै यो संख्या पुगेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर २ हजार ९६९ जना मात्रै क्वारेन्टिमा रहेका छन् ।
अहिलेसम्म १३ लाख ९८ हजार १७९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयका जनाएको छ ।
सयैबीच विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ३७ लाख ७७ हजार पुगेको छ । जसमध्ये ११ लाख ६४ हजार ५१५ जनाले ज्यान गुमाएका छन् । यो सोमबारसम्मको विवरण हो । त्यस्तै अहिलेसम्म विश्वभरमा कोरोनामुक्त भएर घर जानेको संख्या ३ करोड २१ लाख ७९ हजार ७४८ पुगेको छ ।