काठमाडौं । नेपालमा थप २ हजार बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २२५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ११० जना काठमाडौं उपत्यकाका मात्रै छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज संक्रमण पुष्टि भएकाहरुमा १ हजार ४४६ जना पुरुष र ७७९ जना महिला रहेका छन् । सबैभन्दा बढी बागमती प्रदेशमा १२१७ जना संक्रमित थपिएका हुन् । शनिबारसम्म आउँदा नेपाल कुल संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ८४६ जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या १ लाख ८ हजार ३३४ रहेको छ । पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ ।
आज थप १३ जनाको कोरोनाका कारण ज्यान गएको प्रवक्ता गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८४२ पुगेको छ
नेपालमा हाल ३०७ जना आइसीयूमा रहेका छन् भने ७० जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । परीक्षण गरिएकामध्ये ११.२ प्रततिशतमा संक्रमण देखिएको छ भने नेपालमा मृत्युदर ०.५ प्रतिशत रहेको छ ।