काठमाडौँ । काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचाररत बिरामिले तिन तला माथिबाट हाम फालेर ज्यान गएको छ । सिनामंगल स्थित मेडिकल कलेजबाट ति बिरामिले हाम फालेर ज्यान गएको हो ।
हाम फालेर ज्यान गुमाउने अस्पतालमा उपचाररत सोलुखुम्बुको जुगुका २६ वर्षीय रोशन खड्काको को ज्यान गएको प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ ।
उनले कुरुवा बसेकी आमा औषधि किन्न गएका बेला आज बिहान ८ः४५ बजे अस्पतालको तेस्रो तलाबाट हाम फालेको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसार उनको अलिकति मानसिक सन्तुलन ठिक नभएपछि आइतबार साँझ अस्पताल भर्ना भएको जानकारी दिएको छ ।